सहारा एकेडेमीलाई हङकङबाट १० लाख सहयोग

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा ३, फागुन। यस बर्ष पनि सहारा साँझ हङकङबाट सहारा एकेडेमीको लागि १० लाख सहयोग प्राप्त भएको छ।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

पोखराको सहारा फुटवल एकेडीमीको सहयोगार्थ यस बर्ष हङकङमा आयोजना भएको दोस्रो इन्द्र बराह ज्वलेरी सहारा साँझ हङकङ २०१४ बाट बचत भएको रकम मध्ये सहारा एकेडेमीलाई उक्त रकम सहयोग गरेको सहारा हङकङ क्लवका कोषाध्यक्ष सुमित्रा गुरुङले बताईन्।

पोखरामा शनिबार सम्पन्न भएको आहा रारा गोल्ड कपको अवसरमा उक्त रकम बराबरको चेक सहारा हङकङ क्लवका कोषाध्यक्ष सुमित्रा गुरुङ सहितको टोलीले सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन्।

गत असोजको १५ गते अर्थात अक्टुवर १ तारिखमा हङकङमा आयोजना भएको उक्त कार्यक्रमबाट ४० लाख ३० हजार ३ सय ९० आम्दानी गर्न सफल भएको आयोजक सहारा हङकङ क्लवले जनाएको छ। १६ लाख ४९ हजार ४ सय ५९ रुपैया बचत भएको मध्यबाट क्लवलाई उक्त रकम सहयोग गरेको कोषाध्यक्ष सुुमित्रा गुरुङले बताईन्। कार्यक्रम सम्पन्न गर्न २३ लाख ८० हजार ९ सय ४७ रुपैया खर्च भएको गुरुङले बताईन्।

यस्तो थियो सहारा साँझ- भिडियो झलकः
अञ्जु पन्तः नबिर्से तिमीलाई

अञ्जु पन्तः तिर्खा लाग्यो पानी खाएं

सिपोरा गुरूङ

पूरा प्लेलिस्ट्स हेर्नुहोस् भिडियो





Comments

comments

3348