म्यानपावरको ठगीविरुद्ध उजुरी बढ्यो

गत आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी (संस्थागत) विरुद्धमा ठगीको उजुरी बढको पाइएको छ।

गत आवको सुरुको ६ महिनामा म्यानपावर विरुद्धका उजुरीको संङ्ख्या ५५४ बाट ३५ प्रतिशतले बढेर चालु आवको सोही अवधिमा ७४८ पुगेको छ। गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा म्यानपावरको ठगीमा परी उजुरी गर्ने पीडितको संख्या बढेको हो।

वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा गत वर्षको सुरुका छ महिनामा ठगीमा परेको जनाउँदै ५५४ उजुरीकर्ताले १९ करोढ ९८ लाख २६ हजार ७२० रुपैयाँ दावीसहित उजुरी दिएको विभागले जनाएको छ।

यसैगरी चालू आवको सोही अवधिमा ठगीमा परेको भन्दै ७४८ जना युवाले २३ करोड ९१ लाख ५ हजार १९३ रुपैयाँ दावी गरिी उजुरी दिएका छन्। यो समाचार कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

33654