नेपाली रेल फागुनभित्रै, २ सय २६ जनालाई रोजगारी

फाइल फोटो

कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ।

विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो।

नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर्न लागेको रेल ल्याउन मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका थिए । दुवै रेलको कूल रकम भ्याटबाहेक करिब ८५ करोड रहेको बताए । भारतीय फ्याक्ट्रीमा निर्माण भइरहेको रेलमध्ये सम्झौताबमोजिम एउटा महिनाअघि र अर्को एक महिनापछि डेलिभरी गर्नेछ।

पुराना पूर्वाधार र रोलिङ सटक काम लाग्ने अवस्थामा नरहेकाले नयाँ शक्ति तथा नयाँ प्रविधिसँगै विभागले आवश्यक अध्ययन अनुसन्धान गरिरहेको भन्दै उनले हाल भारत सरकारबाट विज्ञ २६ जना कर्मचारी लिने सहमति भएको बताए।

यसबाहेक नेपालीका लागि सरकारले दरबन्दी आह्वान गर्न २ सय जनाको माग गर्न स्वीकृति दिएको उनले बताए । हाल विभिन्न ४५ पदका लागि २ सय २६ दरबन्दीमा कर्मचारी नियुक्त गर्ने उनले बताए।

सरकारले रेल रञ्चालनसम्बन्धी विधेयक पनि संसदमा दर्ता गरिसकेको छ। कारोबार दैनिकमा समाचार छ।





Comments

comments

33736