अमेरिकन कस्मेटिक ‘एनवाईएक्स’ को नेपाल प्रवर्द्धनमा माल्भिका

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
काठमाडौ। अमेरिकन कस्मेटिक ब्रान्ड ‘एनवाईएक्स’ को नेपाल वितरणको जिम्मा पाएको एक्सप्रेस नेपालले ‘एनवाईएक्स’ कस्मेटिकको नेपालमा बजार प्रवर्द्धन गर्न पूर्व मिस नेपाल माल्भिका सुब्बालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ।

दरबारमार्गस्थित रोयल सिहं होटलमा एक्सप्रेश नेपालले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक रुपमा जानकारी गराएको हो। १ वर्षका लागि ब्राण्ड एम्बेस्डर नियुक्त पूर्वमिस नेपाल माल्भिकाले कार्यक्रममा अबबाट यस ब्राण्डका कस्मेटिक सामानको बजार प्रवर्द्धनका लागि दिइएको जिम्मेवारी पूरा गर्ने बताउदै आफू पनि यो ब्राण्डको एउटा हिस्सा बन्न पाउदा खुशी लागेको बताइन्।

कपडा ब्यापारमा सफलता हासिल गरेको एक्सप्रेस नेपालले दरबारमार्गस्थित राईजिङ मलमा एनवाईएक्सको कस्मेटिक सामानहरु आधिकारीक रुपमा खुद्रा बिक्री वितरण सुरु गरेको छ भने बिस्तारै नेपाल भर एनवाईएक्स’ ब्रान्ड लाई फैलाउने एक्सप्रेस नेपालले जनाएको छ।

सन् १९९९ मा त्यस बेलाका युवा उधमी टोनी के. सुरुवात गरेको कस्मेटिक अहिले विश्वका ७० भन्दा बढी देशहरुमा २ हजारभन्दा बढी विभिन्न किसिमका प्रोडक्टहरु बिक्रि हुन्छन्। सस्तो तथा बिश्वब्यापी ब्रान्डको रुपमा परिचित एनवाईएक्स’ कस्मेटिकको कोंसेलेर्स ,लिपिस्टिक ,ग्लोसेस, आई स्याडोलगायतका थुप्रै ब्रान्डहरु उपलब्ध छन्।

कार्यक्रममा एक्शन नायक शिव श्रेष्ठदेखि पूर्वमिस नेपाल सदिछा, सृष्टि श्रेष्ठलगायत सुभेच्छा खड्का, रोजिषा शाही, माला लिम्बुलगायतका मोडेल तथा पत्रकारहरुको बाक्लो उपस्थिति थियो।





Comments

comments

3382