‘ लुम्बिनी साँझ-२०१४ ‘ २१ तारिखको स्थगित, २५ डिसेम्बर हुने

एचकेनेपाल डट कम संवाददाता-
हङकङ। लुम्बिनी मञ्च हङकङद्वारा डिसेम्बर २१ तारिख आइतवारका दिन अपरान्ह २ बजे आयोजना गरिने भनिएको लुम्बिनी साँझ-२०१४ हङकङ प्राविधिक कारणले स्थगित भएको छ।

लुम्बिनी साँझ-२०१४ का संयोजक टि. आर. कँडेलले प्राविधिक कारणले स्थगित गर्नुपरेको जानकारी दिंदै अर्को कार्यक्रम डिसेम्बर २५ को बेलुकी साँझ ७:०० सोही स्थानमा सम्पन्न गरिने जनाएका छन्।

लुम्बिनी साँझ-२०१४ पहिलो शो डिसेम्बर २१ र दोस्रो २५ डिसेम्बर गरी दुई शो गरिने भनिए पनि प्राविधिक कारणले पहिलो शो स्थगित गरि दोस्रो शो मात्र गरिन लागेको आयोजकले जनाएको छ।

सूचना !!
यहि डिसेम्बर २१ दिउँसो २:०० बजे क्वाइफङ एसोसियेसन हल चिम सा चोईमा हुने भनिएको (लुम्बिनी साँझ-२०१४) प्राबिधिक कारणले सारिएको सूचना गर्दै यहि डिसेम्बर २५ बेलुकी ७:०० बजे सोही स्थानमा पुन: कार्यक्रम सम्पन्न गरिने जानकारीका साथ यहाँहरुमा पर्न गएको असुबिधाप्रति क्षमा याचना गर्दछ।

लुम्बिनी मञ्च हङकङ।





Comments

comments

3392