प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा गैरे

विजय थापा / एचकेनेपाल डट कम–
दोहा, ६ पुस । प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा रामहरि गैरे अध्यक्ष चयन भएका छन्।

मञ्चको शुक्रबार दोहामा भएको चौंथो अधिवेशनले गैरेलाई अध्यक्षमा चयन गरेको हो। कतारको विभिन्न सामाजिक संघसंस्थाको समेत कुशल नेतृत्व गरेका ग्रैह्रे प्रवासी नेपाली मञ्चको स्थापनाकालदेखि नै कतारमा सक्रिय छन्। निवर्तमान उपाध्यक्ष चानक पोखरेलले सर्वम्मतिका लागि गैरेलाई समर्थन गरेका थिए।

यसैगरी, उपाध्यक्षमा गणेश शिवा सर्वसम्मत निर्वाचित भएका छन्। सर्वसम्मतिका लागि उपाध्यक्षका उम्मेदवार छविलाल विक प्यूठानीले उम्मेदवारी फिर्ता लिएका थिए।

यसैगरी, सचिवमा हरि बस्नेत निर्विरोध भएका छन्। उपसचिवमा मुनाफ मियाँ सर्वसम्मत भएका छन्। मियाँलाई द्रोण बस्नेतले उम्मेदवारी फिर्ता लिएर समर्थन गरेका थिए।

यसैगरी, सदस्यहरुमा बालकृष्ण भित्रीकोटी, गोप बिक, रामसागर मेहता, जीयाबाबु खान, विकास परियार, लक्ष्मी किशोर श्रेष्ठ, जहरसिंह लामा, भिमकुुमार लकान्द्री, प्रभात त्रिपाठी, सुभाष कार्की, खड्ग नेपाली, मन बहादुर कुवर, महेन्द्र बहादुर चन्द, बिजयबिक्रम बस्नेत, टोमप्रसाद बडाल, बिष्णु गौतम, दीपक सापकोटा, नवराज बिक, पूर्णबहादुर नेपाली, जितबहादुर सार्की, शालिकराम शर्मा, प्रेमराज राई र रामनाथ शर्मा चयन भएका छन्। निर्वाचित कमिटीलाई नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सपथ गराएका थिए। यसैगरी, निवर्तमान अध्यक्ष दिलकिरण खजुम, अध्यक्षका प्रत्यासी चानक पोखरेल लगायतले शुभकामना दिएका थिए।

निर्वाचनका लागि प्रेस चौतारी नेपालका सचिव गणेश पाण्डेको संयोजकत्वमा सागर नेपाल, पूर्ण केसी, उमेश अधिकारी र बिनोद भट्टराई रहेको कमिटी गठन गरिएको थियो । तर, सबै पदहरुमा सर्वसम्मति भएपछि सहज रुपमा नयाँ कमिटी चयन भएको थियो।

नवनिर्वाचित कमिटीलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शनिबार भेटी बधाई तथा कार्यकाल सफलताको कामना व्यक्त गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3402