१३ औं आहा ! रारा गोल्ड कप माघ तेस्रो साता

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा, ६ पुस। मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्ड कपको १३ औं संष्करण आगामी माघको तेस्रो सातादेखि पोखरामा हुने भएको छ। सहारा क्लवको आयोजना र हिमश्री फुड्सको मुख्य प्रायोजनमा आहा ! रारा गोल्ड कप माघको २० देखि फागुन २ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको आज (आईतबार) पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको शहरका रुपमा स्थापित गरौं’ भन्ने नाराका आयोजना हुने प्रतियोगिामा नेपालका ए डिभिजन क्लव, विदेशी टिम, पुर्वाञ्चल, पश्चिमाञ्चलका क्लवहरु र आयोजक सहारा क्लव गरी १२ टिमको सहभागिता रहने क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । उनका अनुसार प्रतियोगितमा सहभागि क्लवको सुविधामा यस बर्ष बृद्धि गर्ने योजना छ।

कठिन परिस्थिति एवम विपन्न वर्गका बालहरुहरुको लागि सहारा क्लवले पोखराका दोविल्लामा संचालन गरेको सहारा फुटबल एकेडेमीको सहयोगार्थ प्रतियोगिता आयोजना गरिदै आएको क्लवका महासचिव केशव बहादुर थापाले बताए। प्रतियोगिताले फुटवल खेलको विकासका एवम नयाँ प्रतिभावान खेलाडिहरुले आफ्नो खेल कौसल प्रर्दशनको अवसरमा पाउनुका साथै पोखराको आन्तरीक तथा बाह्य पर्यटन प्रवद्धनमा टेवा पुग्ने क्लवले विश्वास लिएको छ । प्रतियोगिामा विजेता, उपविजेतका साथै सर्वोत्कृष्ट खेलाडि, उत्कृष्ट टिम कोच, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, फेयर प्ले, सर्वाधिक गोलाकर्ता, उत्कृष्ट स्ट्राइकर, मेन अफ दी म्याचको, उत्कृष्ट डिफेण्डरलाइ पुरष्कारको व्यवस्था गरिएको छ।

क्लवका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष विक्रम थकाली, हिम श्री फुड्सका निर्देशक प्रकाश केसी, क्लवका बरिष्ठ उपाध्यक्ष केशवराज बराल, उपाध्यक्ष हरिराम गुरुङ लगायतले आहा ! रारा गोल्ड कपलाई विगतमा जस्तै सफल बनाउन सवैको साथ र सहयोग आवश्यक भएको बताउदै आफ्नो तर्फबाट सहयोग गर्नै वचन दिए। गत वर्षको १२ औं आहा ! रारा गोल्ड कपको उपाधि पहिलो पटक आयोजक सहारा क्लवले जितेको थियो।

यसै विच, सहारा क्लवको शाखा अष्टे«लियामा समेत विस्तार हुने भएको छ। क्लवका संस्थापक सदस्य राजमान थकालीलाई अष्टेलियामा सहाराको शाखा स्थापना गर्न अनुमति पत्रप्रदान गरिएको छ। क्लव अध्यक्ष आचार्यले थकालीलाई संयोजक तोकेर शाखा विस्तारको लागि अनुमति पत्र प्रदान गरेका हुन। थकाली विगत १८ वर्षदेखि अष्ट्रेलियमा रहँदै आएका नेपालीहरुले सहाराको शाखा विस्तार गरी सहारा क्लवलाई सहयोग गर्ने उद्धेयले शाखा विस्तार गर्न जोखेको थकालीले बताए। । उनले भने “हामीले अष्ट्रेलियमा सहारा क्वलको शाखा विस्तार गरेर एकेडेमीलाई आर्थिक सहयोग जुटाउन लागि पर्ने छौं।” यसअघि सहाराको शाखा युके र हङकङमा विस्तार भइसकेको छ। सहारा युकेबाट करीब सहयोग ७० लाख प्राप्त भएको छ भने हङकङबाट ३५ लाख बढी सहयोग प्राप्त भएको छ।





Comments

comments

3404