विस्फोटक पदार्थको टुंगो लागे छिट्टै नागढुंगा सुरुङमार्ग खनिने

फाइल फोटो

नागढुंगा सुरुङमार्ग आयोजनाले सुरुङ खन्न अति आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको टुंगो लागे उक्त कार्य छिट्टै थालिने जनाइएको छ।

आयोजना प्रमुख श्यामप्रसाद खरेलले उक्त पदार्थ किन्नका लागि फाइल उठाई जिल्लास्तरीय सुरक्षा समिति, गृह, रक्षा मन्त्रालय र जंगी अड्डामा पठाइए पनि सहमति हुन बाँकी रहेकाले दुई महिनादेखि जंग्गी अड्डामा रहेको बताउँदै भने, ‘यही महिनाभित्र सहमति नभए कार्यतालिकामा असर परी काममा ढिलाइ हुँदा ठेकेदारले क्षतिपूर्ति दाबी गर्न सक्ने अवस्था आउँछ।’

स्रोतका अनुसार सेनाले एक दिन पनि नरोकी निरन्तर आयोजनाको काममा उत्पादन दिने, बंकर सुरक्षालगायत चाहिने सुविधा पुर्याउँने, महँगो भए रकममा विचार गर्ने भनी ठेकेदार पक्षलाई विश्वस्त पारेको थियो।

तर सेनाको उत्पादनमा उत्कृष्ट र गुणस्तर भएको आधार खोज्दै ठेकेदार पन्छिरहेको छ । सेना भने आफ्नै उत्पादन विकाउन लागिपरेको छ । यो समाचार नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन्।





Comments

comments

34224