चीनतर्फको आयात ‘बुकिङ’ ह्वात्तै घट्यो

फाइल फोटो

कोरोना भाइरस (कोभिड–१९) का कारण चीनसँगको व्यापार प्रभावित भएको व्यवसायीले बताएका छन्।

चीनबाट आयात हुने मालसामानको ‘बुकिङ’ ह्वात्तै घटेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले बताए।

जनवरीयता चीनबाट मालवस्तु मगाउन कुनै पनि नयाँ कन्साइन्मेन्ट ‘अर्डर’ नआएको यस लजेस्टिकका सञ्चालकसमेत रहेका टेमानीले जानकारी दिए । उनका अनुसार चीनमा कोरोना भाइरस फैलिएयता चीनबाट आयात हुने मालवस्तुको ‘बुकिङ’ ७५ प्रतिशतले घटेको छ । वैदेशिक व्यापार परिमाणका आधारमा चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार हो।

चीनबाट औद्योगिक उपकरण, कच्चा पदार्थ, जुत्ताचप्पल, विद्युतीय सामान, दूरसञ्चार उपकरण, औषधि र यसका उपकरण, ब्याग, कपडा, खेलौनादेखि दैनिक उपभोग्य वस्तुको आयात हुन्छ।

कोरोना संक्रमण महामारीका रूपमा फैलिएयता चीनबाट मालवस्तु मगाउन एउटा पनि नयाँ ‘डकुमेन्ट’ नआएको नेपाल फ्रेट फर्वार्डर्स एशोसिएशनका पूर्वअध्यक्ष राजन शर्माले बताए । ‘कोरोना फैलिएपछि चीनका लागि कुनै पनि नयाँ डकुमेन्ट आएको छैन । अहिले पुरानै अर्डरको काममात्र भइरहेको छ,’ शर्माले आर्थिक अभियानसित भने। यो समाचार आर्थिक अभियान दैनिकमा छ।





Comments

comments

34335