गुरुङ चलचित्र ‘फिच्यो’को चैत्र १ गते पोखरामा पहिलो प्रदर्शन हुने

फिच्यो

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, २३ फागुन। गुरुङ चलचित्रको राजधानी पोखरामा चैत्र १ गते चलचित्र ‘फिच्यो’को पहिलो प्रदर्शन हुने भएको छ।

रेड ओशियन इन्टरटेन्टमेण्ट प्रालिको पहिलो प्रस्तुति, गुरुङ भाषा, संस्कार, सँस्कृति तथा सामाजिक विषयबस्तुमा निर्मित चलचित्र “फिच्यो अर्थात कान्छी छोरी” को ताङतिङ दुधपोखरी तमु समाज पोखराको आयोजनामा तेर्सापट्टिस्थित बाराही चलचित्र भवनमा बिहान ११ बजे र दिउसो २ बजे गरी दुई शो प्रदर्शन गरिने भएको हो।

सम्बेदनशील विषय गुरुङ र घलेका विषयमा समेत सामाजिक सन्देश रहेको चलचित्र फिच्यो प्रिमियर शोको अन्तिम तयारी भएको आयोजकले जनाएको छ।

लमजुङ जिल्लाको क्होलासोथर गाँउपालिका वडा नं. ८ तामु र घाम्राङ गाँउमा छायाँकंन गरिएको चलचित्रको लेखन/निर्देशन विकास घले गुरुङले गर्नुभएको छ भने सहायक निर्देशकमा सोम गुरुङ र कलाकारहरुमा इन्द्र घले(काशी), विश्वास गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, डिवी गुरुङ, मन्त्रीजङ्ग गुरुङ, टिकाराम घले, सितादेवी गुरुङ, बीरबल घले(बिरुप), अन्जना गुरुङ,सिर्जना गुरुङ(खिम) लगायत रहनुभएको छ।

करिब २५ लाखमा निर्मित चलचित्रको निर्माताहरुमा शान्ति माया गुरुङ(युएसए), मन्त्रीजंग गुरुङ, बुद्धिमाया गुरुङ (इराक) रहनुभएको छ।

चलचित्रको छायाँकारमा प्रकाश गुरुङ(काश), श्रृंगार सरोज गुरुङ, गितकारहरुमा डा.धर्मराज उपाध्याया, केरसिंह गुरुङ र संगीत सन्तोष श्रेष्ठ र गणेश गुरुङ रहनुभएको छ।

फिच्यो चलचित्रमा दर्शकका लागि ५ सय, ३ सय र २ सय रुपैयाको टिकट रहेको चलचित्रमा गाँउमा बसोबास गर्ने रिटायर्ड मेजरको भुमिकामा प्रस्तुत हुनुभएका मन्त्रीजङ गुरुङले जानकारी दिनुभयो। चलचित्र अत्यन्तै राम्रो बनेको छ भन्नुहुदै गुरुङले दुई शोका लागि टिकट बिक्री अभियान अन्तिम चरणमा पुगेको बताउनुभयो।

चलचित्रकी नायिका काशी घलेले गाँउका सामान्य युवतीले प्रेमका लागि परिवार, समुदाय र राजनीतिक नेताहरुसँग गर्नुपर्ने संघर्ष विषय रहेकाले चलचित्रले दर्शकको मन छुने दावी गर्नुभयो। सामाजिक नयाँ कथानक चलचित्र हेरेर कलाकारहरुलाई प्रोत्साहन गर्न अनुरोध गर्नुभएको गर्दै नायिका घलेले गुरुङ चलचित्रलाई माया गर्ने दर्शकहरुलाई चैत्र १ गते बाराही चलचित्र भवनमा निम्तो समेत दिनुभएको छ।

हङकङलाई कर्मथलो बनाउनुभएका नायक विश्वास गुरुङले चलचित्र हेरेर निर्माता, कलाकार, प्राविधीकलाई माया गर्न आग्रह गर्नुहुदै कमिकमजोरी औल्याइदिन समेत अनुरोध गर्नुभएको छ। चलचित्रको सबटाइटल नेपाली र अंग्रेजी समेत भएकाले गुरुङ भाषा नबुझ्नेहरुका दर्शकलाई पनि चलचित्रले आकर्षित गर्ने उहाँको दावी छ।





Comments

comments

34344