धरान रक्तदाताहरुको शहर

धरान रक्तदाताहरुको शहर

महेश श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान यस वर्षअवधिकै सर्वाधिक रक्तदान गर्ने नेपालभरीमा पहिलो भएर “धरान रक्तदाताहरुको शहर” का रुपमा स्थापित भएको छ।

नेपाल रेडक्रस सोसाइटीले नेवार एकता समाजलाई प्रदान गरेको पत्रमा स्वत:स्फुर्त स्वेच्छिक रुपमा एकै मितिमा एकै संस्थाद्वारा एकै दिनमा, एकै स्थानमा ६०५ पिन्ट रक्तदान हुनु यो वर्षको अवधिमा नेपाल अधिराज्यभरिमा उच्चतम भएको उल्लेख गरेको छ। रेडक्रस सोसाइटीले हर्षसमेत व्यक्त गरेको छ।

धरानलाई रक्तदाताहरुको शहरका रुपमा समेत परिचित गराउने संस्थाको पवित्र उदेश्य पूरा गराउने अभियानलाई सफलतापूर्वक अघिबढाउन सकिएकोमा हामीलाई गर्व लागेको छ। यो खुसी, यो गौरव धरानको हो, सम्पूर्ण धरानेहरुको हो। नेवार एकता समाज केन्द्रीय उपाध्यक्ष महेश श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

रक्तदान कार्यक्रमका संयोजक मञ्जु श्रेष्ठ, सहसंयोजक हिमाल श्रेष्ठ साथै महिला समिति, युवा समिति र संस्थाका सहयोगी सदस्य तथा पदाधिकारीहरुलाई धन्यवाद गरिएको छ।

नेवार एकता समाजले “एकै दिन, एकै स्थान”मा ६०५ पिन्ट रगत संकलन गरेको मात्र नभई ऐतिहासिक रेकर्ड समेत कायम गरेर धरान रक्तदाताहरुको शहरका रुपमा परिचित गराएको छ।





Comments

comments

34381