नेपाली बजारमा सेनिटाइजर र सर्जिकल मास्क पाइनै छाड्यो…

फाइल फोटो

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाललाई राखिएपछि नेपाली बजारमा सेनिटाइजर, सर्जिकल मास्क र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना भएकाले उपभोक्ता मारमा परेका छन्।

पछिल्लो समय पसलमा सर्जिकल मास्क पाइनै छोडेको छ भने सेनिटाइजरको पनि चरम अभाव छ।

कलंकीमा बस्दै आएका सन्देश विष्टले भने,‘एउटा मास्कको ५० रुपैयाँ भने। के गर्नु किन्नै पर्यो।’

यस्तै, ज्वरो नाप्न प्रयोग गरिने थर्मोमिटरको पनि अभाव हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मास्क, सेनिटाइजर र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना गरी कसैले लुकाउनु अपराध भएको बताए।

उनले भने,‘आमनागरिकले पनि मास्कको समुचित प्रयोग गर्नुपर्छ। सरकारले तीन–चार दिनमै धेरै परिणाममा मास्क उत्पादन गर्ने तयारी गरेको छ। यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।





Comments

comments

34458