‘जिउँदै गाडिएका’ लामाको मृत्युको प्रमाण छैन

सभामुख अग्नि सापकोटा

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालगायतले हत्या गरेका भनिएका अर्जुनबहादुर लामाको मृत्यु भए/नभएको अझै यकिन गर्न नसकिएको सर्वोच्च अदालतलाई बताएको छ।

सो कार्यालयका प्रमुख रविकुमार पौडेलले केही दिनअघि सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै अनुसन्धान गर्दै जाँदा लामाको मृत्यु भए/नभएको अझै यकिन गर्न नसकिएको उल्लेख गरेका हुन्।

अर्जुनबहादुर लामा

लामाकी श्रीमती पूर्णिमायाँले आफ्ना पतिलाई सापकोटालगायतले हत्या गरेको भनी २०६५ साल साउन २७ गते किटानी जाहेरी दिएकी थिइन्।

सो जाहेरीमा दिइएको तथ्यअनुसार हालसम्म उचितरुपमा अनुसन्धान नभएको भनी आलोचना भइरहेको छ। यो समाचार नेपाल समाचारपत्रमा विकास भट्टराईले लेखेका छन्।





Comments

comments

34539