एनआरएन भवन निर्माणको लागि जर्मनीबाट ४६ लाख

नव राज रोस्यारा / एचकेनेपाल डट कम –
फ्र्यान्क्फुर्ट जर्मनी। गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेश घलेको प्रमुख आतिथ्यमा जर्मनीको फ्र्यान्कफोर्ट शहरमा एनआरएन भवन निर्माणार्थ आर्थिक संकलन कार्यक्रम सम्पन्न भएको छ।

गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीका अध्यक्ष हरेन्द्र वनेमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए भवन निर्माणार्थ ४६ लाख नेपाली रुपया भन्दा बढी रकम संकलन गरिएको छ। भवन निर्माणको लागि रकम संकलन गर्न जर्मनीमा ब्यवसाय गर्दै आउनु भएका बिभिन्न ब्यक्तित्वहरु र जर्मनीबासी नेपाली समुदायलाई आह्वान गरिएको थियो।

कार्यक्रममा अतिथीहरुको रुपमा अन्तर्राष्ट्रिय समन्वय परिषदका माहासचिव कुमार पन्त, सल्लाहकार दिल गुरुङ, सदस्य श्रीमती जानकी गुरुङ, निवर्तमान सदस्य सन्तोष भट्टराई श्रीमती जमुना गुरुङ, रास्ट्रिय समन्वय परिषद बेल्जियमका सल्लह्कार बासुदेव गौतम उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा अामन्त्रित ब्यक्तित्वहरुको स्वागतमा रास्ट्रिय समन्वय परिषद जर्मनीका वरिष्ठ उपाध्यक्ष नब राज रोस्याराले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव प्रेम पोमुले गर्नु भएको थियो।

प्रमुख अतिथि शेष घलेले एनआरएनए भवन निर्माणको लागि हालसम्म भएको प्रगतिको व्याख्या गर्दै संसार भरी छरिएर रहेका गैरआबासीय नेपालीहरु सबैको स्वामित्व कायम गर्न नेपाल बाहिर बस्ने हेरक नेपालीलाई भवन निर्माणमा सहयोगको लागि अह्वान गर्नु भयो। उहाँका अनुसार
यसरी निर्माण गरिने भवन गैरअाबासीय नेपालीहरुका लागि बिभिन्न प्रायोजनमा ल्याइने छ। कार्यक्रमका अर्का अतिथि महासचिव कुमार पन्तले
बिश्वभरी छरिएर नेपालीहरुलाई समेटेर भनेको गैरआबासिय नेपालीहरुको ठूलो सञ्जालको व्याख्या गर्दै एक डलरदेखि एक लाख डलर भन्दामाथिसम्म सहयोग रकम संकलन गरिएको जानकारी दिनुभयो। कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार तथा रास्ट्रिय समन्वय परिषद जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङलगायत अन्य अतिथिहरुले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो।

कार्यक्रमको अन्तमा लोकमणी ढकालको संयोजकत्वमा बनेको एनआरएनए जर्मनी लोकल कोर्डिनेसन कमिटी हेसेनका पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको शुभकामना सहितको प्रमाण पत्र प्रदान गरिएको थियो। एनआरएनए जर्मनीका अध्यक्ष हरेन्द्र वानेमले कार्यक्रम समापनपछि एक बक्तब्य जारी गर्दै एनआरएन भवन निर्माणमा सहयोग गर्ने सबै ब्यक्तित्वहरु, कार्यक्रममा उपस्थित अतिथिहरु र हल उपलब्ध गराउने होटेल होश्टर होफ फ्र्यान्क्फोर्टलाई हार्दिक धन्यवाद दिनु भएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3516