नेपालमा थप ३ जनालाई कोरोना सङ्क्रमण..

कोरोना भाइरस

एचकेनेपाल डट कम संवाददाता –

काठमाडौं। नेपालमा थप तीन जनालाई कोरोनाभारसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई पुरुष र एक महिला गरी तीन जना संक्रमित फेला परेको शनिवार जनाएको छ।

सङ्क्रमितमध्ये दुईजना भारतबाट नेपाल फर्किएका र एक महिलामा विदेशबाट फर्किएका आफन्तबाट सङ्क्रमण भएको जनाइएको छ।

सङ्क्रमितहरुमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) रहेका छन्।

योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।

संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ।

यससंगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको संख्या ९ पुगेको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35164