साउदी अरबमा कोरोना भाइरसबाट चार नेपाली संक्रमित

फाइल फोटो

काठमाडौं, साउदी अरबमा कोरोना भाइरसबाट चार जना नेपाली संक्रमित भएको पुष्टि भएको छ।

साउदी अरबस्थित नेपाली राजदूतावासले चारजना नेपाली नागरिकमा कोरोनाको संक्रमण देखिएको जनाएको छ।

नेपाली राजदूतावासले अत्यावश्यक सेवाबाहेक कुनै पनि बहानामा बाहिर ननिस्कन त्यहाँ रहेका सबै नेपालीमा आग्रह गरेको छ।

साउदी अरबमा कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भइसकेको छ। सङ्क्रमितको संख्या २ हजार ४६३ पुगेको छ।

हाल साउदी अरबमा करिब तीन लाख ५० हजार नेपाली कार्यरत रहेका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35256