ब्याइफ्रेन्डलाई फेसबुकको पासवर्ड दिएपछि…

काठमाडौं, सेनामा भर्खरै भर्ना भएकी एक युवतीले फेसबुक वालमा लेखिन्,‘म एकदम सेक्सी छु! मलाई जतिबेला पनि सेक्स चाहिन्छ…..!’ अर्धनग्न तस्बिर अनि यस्तो स्ट्याटस।

पश्चिमतिर समाज उदार छ र यस्ता कुराहरु चल्दा हुन्! तर हामीकहाँ, त्यो पनि नेपाली सेनाजस्तो फलामे अनुशासनमा बस्नुपर्ने निकायमा युवतीको कुरा!

भन्नेले नै आफूलाई कामुक भन्दै यौनआशक्ति देखाएपछि त्यसमा कति र कस्ता कमेन्ट आए होलन्,अनुमान गर्नुस् त! ब्यारेकमा मेजरले सोधे,‘यो के तमासा गरेको?’ विचरी लालकुमारी (नाम परिवर्तन) थापा छाँगाबाट खसेझैं भइन्। आफ्नो अकाउन्ट खोलेर हेरिन्। वालमा राखिएको फोटो र स्ट्याटस देखेपछि एकछिन् त बेहोसै भइन्। र होस खुलेपछि बेलिबिस्तार लगाउँदै भनिन्,‘यो काम त्यही आवाराको हो सर!’

यसरी सैनिक युवतीको फेसबुकमा उनके अर्धनग्न तस्वीर र यौनका कुरा पोष्ट भएपछि अहिले एकजना डिठा हनुमानढोकाको हावा खाइरहेका छन्। उनी हुन्, नुवाकोट तारुका गाविसका २४ वर्षीय प्रल्हाद अधिकारी।

माया गाढा हुँदा फेसबुक आइडी र पासवर्ड साटासाट गरेका थिए। लालकुमारीसँग टाढिएपछि पनि पल्हादले आइडी चलाउँथे। त्यही क्रममा प्रेमिकाले धोका दिएको रिस फेर्न नाङ्गाजस्ता देखिने फोटो र मनलाग्दी स्ट्याटस पोष्ट गरेका हुन्। जनआस्था साप्ताहिकमा समाचार छ।





Comments

comments

3528