आफू पढेको विद्यालयलाई ७० थान कम्प्युटर सहयोग

मीनप्रकाश उप्रेती / एचकेनेपाल डट कम –
सउल, दक्षिण कोरियाका नेपालीहरूले झापा कोहबरा गाविसभित्र रहेका तीन बिद्यालयलाई ७० थान ल्यापटप र कम्प्युटर सहयोग स्वरूप प्रदान गरेका छन्।

एनआरएन कोरिया आईसिसि प्रतिनिधि केपि सिटैालाको अगुवाईमा सो क्षेत्रका बिद्यालयलाई कम्प्युटर उपलब्ध गराईएको हो। यसरी सहयोग स्वरूप कम्प्युटर पाउने बिध्यालयहरु भद्रकालि उच्च माबि चप्रामारी १५ वटा ल्यापटप र २५ वटा डेक्सटप, जनज्योति माबि दामना १० ल्यापटप र १० वटा डेक्सटप र जनता प्राबि कोहभरा ५ वटा ल्यापटप ५ वटा डेक्सटप रहेका छन्।

सिटैाला अन्तराष्ट्रिय संयोजक रहेको कोरियाली “छाबी खोङ दक हे जिसांग सुनिम”(अरूका लागि प्रार्थना गर्ने)संस्थाको एक टोलीले सो क्षेत्रका बिद्यालयमा एक कार्यक्रमबीच कम्प्युटरलगायत छात्रबृत्तिका सामाग्रहरु उपलब्ध गराएको हो। सन २०१० मा १० थान कम्प्युटर र १२ जना बिद्यार्थीबाट सुरु गरिएको छात्रबृति हालसम्म आईपुग्दा १०५ जनालाई छात्रबृति र ८० थान ल्यापटप, कम्प्युटर वितरण गरिएसकिएको सिटैालाले बताए।

सोही संस्थाले छात्राबृति प्रदान गरिएका १०५ जना बिद्यार्थीको अध्ययनका लागि वार्षिक १२ लाख रुपया पठाउदै आएको छ। सिटैालाले भद्रकालि उच्च माबि चप्रामारिबाट आफ्नो शिक्षा प्रारम्भ गरेका थिए। उक्त कार्यक्रममा मासिक छात्रब्रिति दिएका गरिब, किसान र पिछडिएका परिवारका बिद्यार्थी १०५ जनालाई स्कुल ब्याग, अभिवाभक, शिक्षकहरु र सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूलाई विभिन्न उपहार वितरण गरिएको थियो।

“आफू पढेको बिद्यालयको माया कसलाई हुदैन होला र? म त्यही क्षेत्रमा हिजोका दिनमा धुलोसँगै खेल्दै पढेको ताजै भएको हुंदा सहयोगको सानो सुरुवात गरेको हुं” सिटैालाको भनाई थियो। मैले स्नातक स्तरमा पुगेपछिमात्र कम्प्युटर छुने मैाका पाएको थिएं तर आजको समयमा यो आवश्यक भईसकेको छ त्यसैले कम्प्युटरबाट सहयोगको थालनी गरिएको हो।





Comments

comments

3530