आईसोलेशन वार्डमा भर्ना भएका दुई बिरामीको मृत्यु

फाइल फोटो

नेपालगञ्ज, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ।

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशनको आईसियुमा उपचारको लागि भर्ना भएका बर्दिया बढैयाताल–३ का ४२ वर्षीय ईस्राईल बेहना र शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर–५ चपरगौरीकी ३२ वर्षीया शान्ता शर्माको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।

मृतक बेहना बैशाख ३ गते र शर्मा चैत्र ३० गते उपचारको लागि अस्पताल भर्ना भएका थिए। मृतक बेहना रुघाखोकी दमबाट ग्रसित रहेको र शर्मा न्यूमोनियाबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभए पनि उनीहरुमा कोरोनाको संक्रमण भए नभएको जाँचको लागि स्वाव झिकेर बुटवल पठाईएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन श्रेष्ठले बताए। यो समाचार राजधानी दैनिकमा रुद्र सुवेदीले लेखेका छन्।





Comments

comments

35657