यसरी समातिए न्यायाधीश हत्याका अभियुक्त

काठमाडौं, २१ पुस। थापा र प्रेमराज खड्का सर्लाहीमा तथा शिव भनिने करण चौधरी र दीपक कर्ण जनकपुरमा रहेको सूचना पाएपछि एक साताअगाडिदेखि सीआईबीले प्रहरी परिचालन गरेको थियो।

थापा लागूपदार्थको कुलतमा लागेको सूचना पाएपछि सर्लाहीको मिलनचोक ढुंगेखोलामा सीआईबी र सर्लाही प्रहरीको टोली परिचालित भयो। सर्लाही, जनकपुर र महोत्तरीसम्म पकड जमाएका थापालाई ढुंगेखोलाबाट करिब सय मिटर टाढा खोकीको औषधि कोरेक्स’ सेवन गर्दा प्रहरीले पक्राउ गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

पक्राउपछि थापाले प्रहरीलाई भन्न भ्याए,‘प्रहरी आएको सूचना त पाएको थिएँ तर अर्कै केसमा पक्राउ गर्न आएको होला भन्ठानेको थिएँ।’ थापाले जनकपुरका एक ट्राफिक प्रहरी निरीक्षकसँग झगडा गरेका रहेछन्। जनकपुरबाट प्रहरी आएको सोचेर बसेका थापा न्यायाधीश बम हत्यामा समातेको जानकारी पाएपछि छाँगाबाट खसेजस्ता भएका थिए।

थापालाई पक्राउ गरेपछि उनका सहयोगी खड्कालाई पक्राउ गर्न प्रहरीलाई सहज भयो। कर्ण र चौधरी थापाभन्दा अगाडि नै जनकपुरबाट पक्राउ परेका थिए। कर्ण र चौधरीमार्फत थापालाई फोन सम्पर्क गराएर उनी बसेको स्थान पत्ता लगाउन प्रहरीलाई सहज भएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3577