पोखरामा खुल्ला बिच भलिबल प्रतियोगिताको तयारी, भदौ ५ देखि ७ गतेसम्म सञ्चालन हुने

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा। कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा आगामी भदौ ५ देखि ७ गतेसम्म पोखरामा खुल्ला बिच भलिबल प्रतियोगिता हुने भएको छ।

सङ्घका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा शनिबार बसेको नियमित बैठकले सो निर्णय गरेको हो। बैठकले बैदाम बाराहीघाटस्थित नेपाल आर्मी खेलमैदानमा सञ्चालन हुने सो प्रतियोगिताको संयोजकमा सङ्घका कोषाध्यक्ष सुनिता गुरुङलाई तोकेको छ।

प्रतियोगिता खुल्ला, सङ्घसंस्था र पर्यटक तथा पत्रकार गरी तीन क्याटेगोरीमा खेलाइनेछ। जसअनुसार खुल्लातर्फको विजेतालाई नगद २५ हजार, उपविजेतालाई नगद १५ हजार तथा उत्कृष्ट खेलाडीलाई कप मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सङ्घसंस्थातर्फ विजेतालाई नगद १० हजार र खसी, उपविजेतालाई नगद पाँच हजार र बोका तथा उत्कृष्ट खेलाडीलाई लोक कुखुराको भाले पुरस्कार प्रदान गरिनेछ। पर्यटक तथा पत्रकारतर्फ विजेतालाई मेडल, प्रमाणपत्र पत्र र कक्टेल डिनर प्रदान गरिने सङ्घका अध्यक्ष भीम पराजुलीले जानकारी दिए।

प्रतियोगिता सञ्चालन गर्नको लागि सङ्घका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा सिनिता गुरुङ संयोजक रहेको प्रतियोगिता मूलआयोजक समिति गठन गरिएको छ भने १३ वटा उपसमिति पनि निर्माण गरिएको छ।

जसअनुसार अतिथि सत्कार उपसमितिको संयोजकमा खगेन्द्र गौचन र बाबुराम केसी, प्रचार–प्रसार उपसमितिको संयोजक कुमार गुरुङ, अर्थ सड्ढलन संयोजकमा गोविन्दबहादुर शाही, पुरस्कार तथा प्रमाणपत्र व्यवस्थापन संयोजकमा शेषकान्त शर्मा, शान्तिसुरक्षा व्यवस्थापन संयोजकमा भीम पराजुली, टीम समन्वय उपसमिति संयोजकमा टंकराज पौडेल, मञ्च व्यवस्थापन संयोजकमा मोहनलाल सुनारीमगर, खेलमैदान व्यवस्थापन संयोजकमा पूर्ण गुरुङ (साहिंला), खानेपानी व्यवस्थापन संयोजकमा दीपेन्द्र पहारी, मेडिकल व्यवस्थापन संयोजकमा यज्ञ गौचन, स्वयंसेवक परिचालन संयोजकमा नुना गुरुङ, ब्यानर व्यवस्थापन संयोजकमा मनशान्त घिमिरे तथा खाजा व्यवस्थापन उपसमितिको संयोजकमा खगेन्द्र गौचन रहेका छन्।

बिच भलिबल खेलाडीलाई प्रोत्साहन र थप नयाँ प्रतिभाशाली खेलाडीको प्रतिभा प्रस्फुटन गर्न, बिच भलिबल खेलाडीको सामूहिक उपस्थिति गराई यस खेलको विकास र विस्तारमा महŒवपूर्ण भूमिका निर्वाह गर्न, कास्की जिल्लामा लामो समयदेखि हुन नसकिरहेको पुरुष भलिबल खेलाडीको प्रतिभा प्रदर्शन गर्न, नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गरी अझ यस जिल्लामा भलिबल खेलको विकासका साथसाथै भलिमबलमय जिल्ला बनाउन, निकट भविष्यमा भलिबल प्रशिक्षण केन्द्रको स्थापना गरी प्रशिक्षण केन्द्र सञ्चालन गर्न, सामाजिक, आर्थिक, शैक्षिक एवं पर्यटकीय क्षेत्रबाट विकसित यस जिल्लालाई खेलकुदमार्फत आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न, पोखरा र·शालामा व्यवस्थित भलिबल कोर्टलाई वरिपरिबाट तारजालीले घेर्ने र कास्की जिल्ला भलिबल सङ्घको आफ्नै भवन निर्माण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो प्रतियोगिता सम्पन्न गर्नको लागि पाँच लाख २० हजार खर्च हुने तथा पाँच लाख ९० हजार आम्दानी हुने सङ्घले अपेक्षा गरेको प्रतियोगिता संयोजक सुनिता गुरुङले जानकारी दिइन्।

कास्की जिल्ला भलिबल सङ्घले अन्तरगाविसस्तरीय भलिबल प्रतियोगिताबाट छनौट भएका तथा अन्य प्रतिभाशाली खेलाडीलाई जेठ महिनादेखि निःशुल्क प्रशिक्षणको व्यवथा गर्दै आएको छ भने वरिष्ठ भलिबल प्रशिक्षकद्वय बलराम क्षेत्री र कौशिला खत्रीले प्रशिक्षण दिइरहेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

358