एनआरएनए घानाको प्रथम स्थापना दिवस सम्पन्न

मन केसी / एचकेनेपाल डट कम –
आक्रा ,घाना। गैर आवासीय नेपाली संघ, घानाको प्रथम स्थापना दिवसको अबसरमा घानाको पराम पराम बिचमा आयोजित एक बिशेष कार्यक्रममा घानामा गत जुन देखि बिनाकारण अचानक स्थगित श्रम स्वीकृतिलाई सुचारु गर्न एनआरएनए घानाले नेपाल सरकारसंग माग गरेको छ।

जसले गर्दा घानामा काम गर्न आउने दक्ष नेपालीहरु अप्ठ्यारोमा परेका छन्। घानामा इन्जिनीयर, डाक्टर, सेफ ,एकाउन्टेट, कृषि बिज्ञलगायत सय भन्दा बढी नेपालीहरु कार्यरत छन्। घाना अफ्रिकामै श्रमका लागि सुरक्षित, शान्त र राम्रो तलब सुबिधा दिने मुलुकमा रहेको छ।

कार्यक्रममा एनआरएनएका अफ्रिका क्षेत्रिय संयोजक हिक्मत थापाले एनआरएनए घानाले आफ्नो स्थापनाको एक वर्षभित्र उदाहरणीय कार्य गरेको भन्दै, सुनकोशी बाढीले क्षतिग्रस्त बनसाघु माबि,जिरे ,सिन्धुपाल्चोक र काठमाडौँस्थित अपाङ्गहरुका लागि संचालित बिशेष स्कुल तथा पनर्स्थापना केन्द्रलाइ गरेको सहयोग अनुपम रहेको बताए।

एनआरएनए घानाका अध्यक्ष डा. हरिकृष्ण बाँस्कोटाले एनआरएनएले घानाको श्रम स्वीकृतिका लागि नेपाल सरकारसंग पहल गर्नु पर्ने बताए। कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मन थापा एनआरएनए घानाका उपाध्यक्ष मिन मगर, कोषाधक्ष्य कपिल खराल, महिला संयोजक प्रियमबद़ा जोशी, सदस्यहरु गगन थापा ,जगनाथ पाठक ,प्रमोद गौतम लगायतले बोलेका थिए।

स्थापना दिवसको उक्त भेलाले एनआरएनए केन्द्रिय भवनका लागि आर्थिक सहयोग जुटाउने, कर्णाली अञ्चलका दुर्गम जिल्लाका गरिब विद्यार्थीका शिक्षा सहयोगका लागि कोष स्थापना गर्ने, घानामा नेपालको पर्यटक प्रबर्द्धन गर्ने लगायतका प्रस्ताबहरु समेत पारित गरेको छ।





Comments

comments

3581