ओलीले एक पद छाड्नुपर्ने मुद्दा नेपाल समूहले उठाउने

ओली नेपाल

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने मुद्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उठाउने भएको छ।

सत्तारुढ नेकपाको आगामी २५ वैशाखमा बस्ने स्थायी कमिटी बैठकमा नेपाल समूहको प्रधानमन्त्री ओलीले ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने’ अडान कायमै छ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओली र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहालले आत्मालोचना गर्दै पार्टी र सरकारको काम प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको एकदिन नबित्दै नेपाल समूह आइतबार छुट्टै भेलापछि यस्तो निष्कर्षमा पुगेको हो। यो समाचार राजधानी दैनिकमा छ।





Comments

comments

36110