राष्ट्र बैंकका गर्भनर अधिकारीको सम्पत्ति कति ?

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको माछापुच्छ्रे बैंकमा १ लाख ६३ हजार ७ सय ६२ रुपैयाँ, नबिल बैंकमा २ हजार ३ सय २ अमेरिकी डलर र नागरिक लगानी कोषमा १२ लाख २४ हजार ६ सय रुपैयाँ छ।

गर्भनर नियुक्त भएको एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधानअनुरुप अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

राष्ट्र बैंकको वेबसाइटमा सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग दुई मोटरसाइकल र एउटा टोयोटा कार रहेको उल्लेख छ । उनले ५९ लाख रुपैयाँ ऋण दिएका छन् भने ८ लाख १९ हजार ६ सय रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएका छन्।

कूल ऋणमध्ये ५० लाख रुपैयाँ मध्य–तमोर जलविद्युत आयोजनाको सेयरका लागि हो । उनी यसका संस्थापक सेयरधनी हुन् । उनीसँग नबिल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमाडौँ लगायतका २७ हजार १ सय ८४ कित्ता सेयर रहेको छ जसको मूल्य ४८ लाख ३७ हजार ३ सय ९० रुपैयाँ रहेको छ।

अधिकारीसँग २७ तोला सुन र ५० तोला चाँदीका गहना छन् । त्यस्तै श्रीमती सरिता अधिकारीको नाममा सैबु गाविसमा २७ आना ३ पैसा २ दाम जग्गा छ । त्यस्तै, ललितपुरको छप्पीमा ४ रोपनी १० आना, २ रोपनी १५ आना र २ रोपनी ६ आना गरी तीन कित्ता छन् । यसको मूल्इ ९० लाख रहेको छ । उनको झापा र हेटौँडामा पनि जग्गा छ । यबाहेक उनीसँग २२ सय वर्गफिटको जग्गा छ।

त्यस्तै, अधिकारीको घरमा १४ लाख १० हजार बराबरको टिभी, फ्रिज लगायतका समान रहेका छन्। आजको राजधानी दैनिकमा समाचार छ ।





Comments

comments

36162