चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाको ढिलाइ

फाइल फाेटाे

देशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र परीक्षण किट्सको अभाव सुरु भइसक्दा पनि नेपाली सेनाले विदेशबाट स्वास्थ्य सामग्री ल्याउन सकेको छैन।

सरकारले सेनालाई जिटुजीमार्फत शून्य कमिसनमा स्वास्थ्य सामग्री खरिदका लागि १६ चैतमा जिम्मा दिएको थियो।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले तयार पारेको सूचीअनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री र भारतबाट ५३ प्रकारका औषधि किन्ने तय भएको थियो।

जसअनुसार सेनाले चीनबाट हवाई साधनमार्फत पिपिई, एन–९५ मास्क, पिसिआर टेस्टिङ किट्स, मेसिन, कीटाणुनाशक स्प्रेलगायत तत्काल आवश्यक सामग्री ल्याउने तयारी गरेको थियो।

आपूर्तिकर्तासँगको सम्झौताअनुसार दुई लटमा करिब ४० टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने सेनाको तयारी थियो। हवाई उडानबाट २० टन र बाँकी स्वास्थ्य उपकरण र सामग्री तातोपानी नाका हुँदै काठमाडौं ल्याउने सम्झौता गरेको थियो।

स्थलमार्गबाट बाँकी सामान ग्वान्जाओबाट तातोपानी नाका हुँदै काठमाडौं ल्याउने सम्झौता छ।

ग्वान्जाओबाट काठमाडौंसम्म सामग्री आइपुग्न आउन कम्तीमा दश दिन लाग्ने भएको छ। नयाँ पत्रिकामा खबर छ।
[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36165