कतारमा नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड

घनश्याम पराजुली (कृष्ण)/ एचकेनेपाल डट कम –
दोहा । नयाँ बर्ष २०१५ को अवसरमा अल एवल टेड्रिङ्ग एण्ड कन्ट्रयाक्टीङ् कम्पनीमा कार्यरत कामदारहरुको साझा संस्था एरोसले आफ्नो बार्षिकउत्सव तथा नयाँ बर्षको कार्यक्रम सम्पन्न गरेको छ।

दोहा स्थित ईन्डियन कल्चर सेन्टर अशोका हलमा उत्कृष्ट कामदारलाई अवार्ड, वार्षिक कार्ययोजना साथै सांगीतीक कार्यक्रम सम्पन्न भएको हो । कम्पनीमा काम गर्ने ६ सय भन्दा बढी कामदारहरु मध्यबाट ६ जना उत्कृष्ट कामदार छनोट गरीएको थियो । कम्पनीमा भारत , नेपाल , श्रीलङ्का , बंगालादेश , ईजिप्ट , इथोपिया र फिलिपिन्सका कामदार कार्यरत छन । सबै देशका कामदारलाई पछी पार्दै २ जना नेपाली कामदारले २०१४ सालको सर्वोकृष्ट कामदारको अवार्ड हात पारेका छन । स्याङ्गजाका लोक बहादुर रानाभाट र तनहुँका मिमलाल थापाले अवार्ड पाएका हुन्।

उनीहरुलाई ८५÷८५ हजार नगद पुरस्कार र सर्वोकृष्ट कामदारको मेडल प्रदान गरिएको छ। त्यस्तै विभागिय अवार्ड अन्तरगत एकाउन्टस्मा कार्यरत स्याङ्गजाका नारायण पराजुली , मार्केटिङस्मा भारतका मिजियास ईके र सुपरभाईजर मोहम्मद कल्लीभीलप्पीलले अवार्ड पाएका छन । प्रत्येकलाई रु ५५ हजार नगद पुरस्कार र मेडल प्रदान गरिएको थियो । कम्पनीको हरेक काममा सहयोगी भुमिका खेलेको भन्दै ओम प्रसाद सापकोटा , रिफ्की हुसेन र मोहम्मद साहलीले रु २८ हजार बराबरको पुरस्कार पाए।

कार्यक्रममा बोल्दै अतिथि नेपाली समुदायका अगुवा सागर नेपालले कम्पनीले आफ्ना कामदारलाई एउटै प्याटफममा समेटी नयाँ बर्ष मनाएकोमा खुसी व्यक्त गरे । उनले भने विभिन्न देशबाट रोजगारीको शिलशिलामा कतार आएका हामी आफ्नै दाजुभाई भएर बस्नु पर्छ । यहाँको कानुनको सम्मान गर्दै लगनशिल र मेहनती कामदारको रुपमा चिनीनु आवश्यकता रहेको बताए । मन्तव्यको क्रममा कतारमा नेपाली समुदाय , नेपालीले गर्ने विभिन्न क्रियाकलाप र नेपालीको स्वाभिमान प्रती खुलेरै बताए । नेपाली कामदारहरुको लगनशिलता र योगदानलाई स्मरण गर्दै उनले कतारमा आउनु बाध्यता र अवसरको खोजी भएको बताए । नेपाली कामदारलाई कतारबाट योग्य भएर र्फकन समेत आग्रह गर्दै उत्कृष्ट कामदारको अवार्ड पाएका कामदारहरुलाई बधाई तथा नयाँ बर्षको शुभकामना दिए । नेपाली दुतावासका द्धितिय सचिव नितेश सापकोटाले नेपाली नियोगले कामदारका समस्याहरुको समाधानका लागी प्रतिवद्ध रहेको बताउदै नयाँ बर्ष २०१५को शुभकामना दिए । कामदारहरु विच उपस्थित भएर दुतावासका कुरा राख्न पाएकोमा आयोजक प्रती आभार प्रकट गरे।

कार्यक्रममा भारतिय दुतावासका कार्यवाहक राजदुत आर.के . सिंहले विभिन्न समुदायका कामदारलाई एकै ठाउमा देख्न पाएको भन्दै खुसी प्रकट गर्दै आफ्नो पहिलो अनुभव रहेको बताए। यस्ता कार्यक्रमले कामदार र व्यवस्थापन पक्षको सम्वन्ध मजबुत हुने उनको भनाई छ । कार्यक्रममा आन्तरिक मन्त्रालयका लेफ्टिनेन्ट रासिद अन्तार अल मारीले कम्पनीका कामदारका लागी आयोजना गरेकोे कार्यक्रमबाट एउटा नौलो अनुभुती मिलेको बताए । उनले कतार सरकारले ईद र राष्ट्रिय दिवसको अवसरमा आयोजना गरको कार्यक्रममा कम्पनीका कामदारहरुको सम्वन्यकारी भुमिका रहेको भन्दै कम्पनीका स्पोन्सर साद विन साद आरएच अल सुवेईलाई आन्तरिक मन्त्रालयको तर्फबाट विशेष पुरस्कार प्रदान गरे । कार्यक्रममा आन्तरिक मन्त्रालयका प्रतिनिधी खालिद हुसेन अल समारी र रिच आउट अफिसर फाईसल हुएदीको समेत उपस्थिती रहेको थियो । उनीहरुले गत बर्ष कम्पनीको सम्वन्यमा ट्राफिक जनचेतना समेत गरेका थिए । कार्यक्रममा ट्राफिक सम्बन्धि नियमहरु प्रष्ट पारियो । खालिद कम्पलमेनले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई कम्पनी व्यवस्थापनको तर्फबाट सिद्धिक पुराईल , सुवेर पुराईल , सम्पद बिपी र बसिर तिवारिकलले मन्तव्य राख्दै उपस्थित सबैलाई नयाँ बर्षको शुभकामना सहित धन्यवाद दिएका थिए।

जनवरी १ तारिकका दिन सम्पन्न उक्त कार्यक्रममा कतारका विभिन्न ठाउँमा रहेको कम्पनीका क्याम्पबाट आएका कामदारहरुले विविध आ आफ्नो सँस्कृती झल्कने खालका प्रस्तुतीहरु देखाएका थिए । सहानिय , ओम्वाव , ओमसलाल , औद्योगिक क्षेत्र , सैलिया , एनखालिद , सल्वारोड , कराना , ओक्रा लगायतका ठाउबाट कामदारहरुको उपस्थिती रहेको थियो । अवार्ड कार्यक्रमको सम्पन्न सँगै नयाँ बर्षको रंगिन साझ पुर्ण संगितमय बन्यो । ३ घन्टा सम्म सांगितीक कार्यक्रममा उपस्थित कामदारहरु रमाए।

ईनाम दोहाको सहकार्यमा सांगीतीक कार्यक्रम सम्पन्न भएको थियो । अतिथी कलाकार जुनियर उदित नारायणको नामले चिनिने हिन्दी गायक निसार वाहिदले उपस्थित सबैलाई नचाउन सफल भए । नेपाली गायक विरेन्द्र श्रेष्ठले आफु रोएर पनी हसाँउने साथी छिन मेरै बोलको गित प्रस्तुत गरे । गायिका अरुणा केसीले चौबन्दीमा पटुकी गाईन । भर्खर कतारमा चर्चित बन्दै गरेका डान्सर हेमन्त लामाको नृत्यले उपस्थित सबैको मन छोयो । उनको नृत्य कार्यक्रम भरीको उत्कृष्ट प्रस्तुतीको रुपमा सावित भयो । सांगितीक कार्यक्रममा ईनाम दोहाका कलाकारहरुको हिन्दी र मल्यालम संगितले मनोरन्जन प्रदान गर्यो । नेपाली , भारतिय र श्रीलङ्कन कलाकारहरुको बजोड प्रस्तुती रहेको कार्यक्रम रात्रिभोजसँगै समापन भएको हो।

सर्वोकृष्ट कामदारको अवार्ड विजेता कम्पनीका चालकको रुपमा कार्यरत रानाभाटले आफ्नो मेहनत र लगनशिलताको कदर गरेकोमा अत्यन्तै खुसी देखिए। उनले भने हामी प्रवासमा काम गरिरहेका छौ यहाँको बस्तु स्थितीलाई मध्यनजर गर्दै अघाडी बढ्न सकियो भने अवश्य पनी एक दिन सफल हुन सकिन्छ । अर्का विजेता थापाले आफुले विगतमा भोगेका पिडाको स्मरण गर्दै आज कम्पनीले अवार्ड दिएकोमा गह भरी आशु निकाले । उनको पहिलेको कम्पनीले ६ महिना सम्म तलव नदिएपछी यस कम्पनीमा भिसा परिवर्तन गरेका थिए । उनी गाडीको मिस्त्रीको सहयोगीको रुपमा कार्यरत छन । आफ्ना सहपाठीलाई सम्झदै कम्पनी प्रती आभार प्रकट गरे । छनोट भएका कामदारहरु मध्यवाट भोटिङ्ग गरी उनीहरुले सर्वोकृष्ट कामदारको अवार्ड हात पारेका हुन्।

मध्यपूर्वको सानो देश कतारमा नेपाली कामदारको संख्या ४ लाख भन्दा बढी रहेको छ। आगामी २०२२ मा विश्व कपको तयारीको संघारमा रहेको कतारले आप्रवासी कामदारलाई रोजगारीको अवसर दिदै आईरहेको छ । कतारमा केही कम्पनीले मात्र कामदारको मेहनतको कदर गर्दै यस्ता खाले कार्यक्रम गरेको पाईन्छ । यस्ता कार्यक्रमले कामदार र व्यवस्थापन विचको सम्बन्ध प्रगाढ रहने छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3633