नेपालमा काेराेना बढेकाे बढ्यै, संक्रमितकाे संख्या २१७ पुग्याे

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, ३१ बैशाख। नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्दै गइरहेकाे छ।

मंगलबार राति थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार राति थपिएका १८ जनामा वीरगन्ज महानगरपालिका वडा नम्बर–३ छपकैयाका रहेका छन्। ६ जना महिला, १२ पुरुष गरी १८ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै काठमाडौंमा एक महिला, भक्तपुरमा एक महिला एक पुरुष, महोत्तरीमा दुई पुरुष, धनुषामा एक महिला एक पुरुष, सर्लाहीमा एक पुरुष गरी ८ जनामा पनि संक्रमण पाइएको छ।

यससंगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २१७ पुगेको छ। तिमध्ये ३३ जना कोरोना जितेर स्वास्थ्यलाभ गरी घर फर्किएका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36343