नेपालमा थप ७२ जनामा कोरोना, संक्रमित संख्या ६७५ पुग्याे

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, १२ जेठ। नेपालमा साेमवार थप ७२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन्। यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका ट्विटर ह्यान्डलबाट

हालसम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाे बताइएकाे छ।

साेमवार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६७५ पुगेको छ। त्यस्तै, काेराेना जितेर ८७ जना घर फर्केका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36680