रुकुम घटना : सबैको शव अंगभंग भएको अवस्थामा भेटिए

फाइल फाेटाे

जाजरकोट – पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ।

शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन्। प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक हत्याकाण्ड घटाइएको हुन सक्ने आशंका गरिएको छ।

घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै शव घाइते र विभिन्न अंगमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ। भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।

नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ। गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा नवराजकी प्रेमिकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृत्य भएको छ। यो समाचार राजधानी दैनिकमा वीरबहादुर गिरीले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36974