बेलायतमा माओबादीहरुको एकता, जनवरी १६ मा दूतावासमा ज्ञापन पत्र बुझाउने

दधिराज घिमिरे / एचकेनेपाल डट कम –
फुटको अनुभवबाट तितो बटुलेका माओबादी समर्थकहरु एक कदम अगाडि बढ्दैं बेलायतमा रहेका संपुर्ण माओबादीहरु एकाता प्रकृयामा गएका छन्।

लण्डनको ह्यारोमा भएको बृहत छलफलपछि संपूर्ण माओबादी समर्थकहरु एकतामा पुगेका हुन। बिचारमा केही भिन्नता रहेमा छलफल र बहसबाट बिगतमा भन्दा अझ मजबुद भएर अगाडी बढ्ने प्रतिवद्धता गरेका थिए। बिगत लामो समयदेखि देश तथा बिदेशमा रहेर उत्पीडित नेपाली जनताको मुक्तिका लागि निस्वार्थ आन्दोलनमा होमिएकाहरुलाई बिगत लामो समयदेखि सत्ताको वरीपरी रहेर आप्mनो हैकम चलाउनेहरु फेरी नेपाली जनताका बिरुद्ध उभिएकोले तिनीहरुको बिरुद्ध एकबद्ध भएर प्रहार गर्नु पर्ने महसुस सबैले गरेका हुन्।

उत्पीडित नेपाली जनतालाई अहिलेको एक्कासौं यूगमा पनि राणाकालीन शैलिबाट हेप्ने र होच्याउने जस्ता कार्यहरु हुनमा माओबादी आन्दोलनभित्र भएको बिभाजन पनि हो भन्नेमा उपस्थित सबैको एक मत रहेको थियो। नेपालमा भइरहेको न्यायपूर्ण आन्दोलनका साथसाथै बेलायतमा हुने स्थानीय समस्याहरुमा पनि अवका दिनमा हिजोको तिता बिषयलाई बिर्सिएर भावनात्करुपमै एकतावद्ध हुनु पर्नेमा जोड दिइएको थियो।

कार्यकर्ताहरु बिच भएको छलफलपछि माओबादी समर्थकहरुले बृहत मोर्चाको अवधाराणालाई एक मतले पारित गर्दै नेपाली जनएकता समाज, बेलायतको निर्माण गरेका छन। सो समाजलाई उत्पीडित समुदाय क्षेत्र र बर्गको अधिकारको लागि समान बिचार राख्नेहरुमा बिस्तार गर्ने योजना रहेने पनि भेलाले पारित गरेको छ।

भेलामा एक मतले सुरेन्द्र श्रेष्ठ र पुर्ण लोक्सोमलाई आलोपालो गर्ने गरी संयोजक चयन गरेको छ। पहिलो कार्यकालमा पुर्ण लोक्सोमको संयोजकत्व र सुरेन्द्र श्रेष्ठ सचिव रहने गरी २५ सदस्यीय कार्य समिति निर्माण गरेको छ भने सदस्यहरुमा मान बाहादुर गुरुङ्ग, भोला खनाल, सुरेश गौतम, रामचन्द्र मरहट्ठा, कपिल श्रेष्ठ, अरुण थापा मगर, पदम सुन्दर लिम्बु, कल्पना आम्बुहागं, बिनोद ज्ञावाली ,बिलास लामिछाने, सरिता शर्मा, हरि पन्त, फुल प्रसाद कंडेल, सुरेसजंग शाहा, छिरीगं शेर्पा, हरीकृष्ण पौडेल, रण बाहादुर केसी, दिपक गुरुङ्ग, मनोज अन्जान, ठाकुर प्रसाद शर्मा, प्रकास शर्मा, श्याम शेरचन रहेका छन्।

समाजले यहि आउदो जनवरी १६ शुक्रवार दिनको ११ बजे नेपालको संबिधानमा नेपालीहरुको पहिचान र अधिकारसहितको संबिधान निर्माणार्थ दवाव स्वरुप नेपाली दूतावास मार्फत नेपल सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ।

भेलामा नेपालीहरुले आप्mनो पहिचानको अधिकारको लड्न पाउने स्वअधिकारलाई नेपालका केही हुनेखाने बर्ग र नेपाल सरकारले पनि पहिचानलाई जातिय भनि भ्रम फैलाएकोप्रति खेद ब्यक्त समेत गरेको छ।

ज्ञापन पत्रमा सम्पूर्ण उत्पीडित समुदाय, क्षेत्र र समूहलाई एकेवद्धताको लागी आव्हान समेत गरेको छ। साथै फुटको कारणले निरास भई बसेका संपूर्ण कार्यकर्ता तथा सुभचिन्तकहरुको बिचमा बृहत छलफल गर्ने निर्णय समेत गरेको छ। आगामी दिनमा बेलायतमा बस्ने नेपालीहरुको समस्याहरुमा सहयोग गर्नका लागि बिशेष पहल गर्ने समेत निर्णय गरेको छ। कम्यूनिष्टहरु फुट्छन मात्र होईन जुट्छन भन्ने सन्देश दिनुका साथै समर्थक र शुभचिन्तकहरुमा नयां उत्साह दिएको छ।





Comments

comments

3707