काठमाडौं उपत्यका डुबानको उच्च जोखिममा…

ललितपुर, मनसुन सक्रिया भएसँगै देशभर बाढी पहिरोले असर देखिँदैगर्दा काठमाडौं उपत्यकामा समेत डुबान समस्या हुने उच्च जोखिम देखिएको छ।

निरन्तर वर्षाका कारण उपत्यकामा डुबानको खतरा रहेको विज्ञले बताएका छन् । केही दिनअघि देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पाँच दर्जनभन्दा बढीको मृत्यु र कयौं बेपत्ता छन्।

फाइल तस्वीर

मौसम पूर्वानुमान महाशाखाक अनुसार अबको केही दिन अन्य स्थानसँगै काठमाडौं उपत्यकामा पानी पर्नेछ । जसले क्षति निम्त्याउन सक्नेतर्फ मौसमविद्ले सचेत हुन आग्रह गरेका छन्।

सहरी योजनाकार पद्मसुन्दर जोशीका अनुसार निरन्तर वर्षा भइरहँदा काठमाडौं उपत्यकामा डुबानको खतरा हुनसक्छ । यो समाचार राजधानी दैनिकमा नवीन लुइँटेलले लेखेका छन्।





Comments

comments

37669