‘चरी’ डन मारिएपछि तितरवितर भएका अरू डनहरू कहाँ के गर्दैछन् ?

काठमाडौं, ३ माघ। प्रहरीको इन्काउन्टरमा चर्चित डन ‘चरी’ मारिएपछि र रमेश बाहुन परेपछि काठमाडौंमा राज गर्दै आएका गुन्डा समूह तितरवितर भएका छन्। उनीहरु राजनीतिक आवरणमा विभिन्न व्यवसाय गर्न थालेका छन्। प्रहरीका अनुसार अहिले सुषुप्त अवस्थामा रहेका उनीहरु मौका कुरेर बसेका छन्।

काठमाडौंमा आ–आफ्नो इलाकामा बाँडेर विभिन्न गुन्डासमूहका नाइकेले राज गर्दै आएका थिए। गुन्डागर्दीविरुद्द प्रहरी आक्रामक बनेपछि उनीहरु सेलाएका हुन्। प्रहरीले चरीलाई मारेपछि गुन्डानाइके त्रसित बनेका छन्। गुन्डानाइकेहरु अहिले पूरानो धन्दा छाडेर छवि सुधार्नतर्फ लागेका छन्। कोही राजनीतिमा सक्रिय भएका छन् भने कसैले आफूलाई व्यापार व्यवसायमा केन्द्रित बनाएका छन्। टोले गुन्डाबाहेक पूराना गुन्डानाइकेले पछिल्ला केही महिनायता धम्क्याउने, रकम असुल्नेजस्ता धन्दा बन्द गरेको प्रहरी अधिकारीहरु बताउँछन्।

चर्चित डन मिलन चक्रे पाँच वर्ष जेल परेर गत साउनमा छुटे पनि अहिले गुन्डागर्दीमा उति सक्रिय छैनन्। हङकङ र मकाउ पुगेर फर्केका उनी अहिले आफूविरुद्द कुनै उजुरी नपरे पनि नियमित प्रहरी तारेखमा छन्।

अर्का डन गणेश लामाको ग्याङ अहिले तितरबितर छ। बानेश्वरलाई आफ्नो एरिया मानेर गुन्डागर्दी गर्ने यो समूह तितरबितर भएपछि गणेश लामाले हिजो आज होटल र हाइड्रोपावरमा लगानी गरेका छन्। उनी विजय गच्छदार नेतृत्वको फोरमको केन्द्रीय सदस्यसमेत हुन्।

प्रहरीले खोजी गरेपछि अर्का डन कुमार घैंटे अहिले फरार छन्। उनी अधिकांश समय विदेशमै बस्छन्। उनको निर्माण कम्पनी र रेष्टुरेन्टमा पनि लगानी छ। उनी बाहिरै बसेर आफ्ना यी व्यवसाय अगाडि बढाइरहेका छन्।

राजु गोर्खाली दरबारमार्गमा रेस्टुरेन्ट चलाउँछन्। तर गुन्डागर्दीमा संलग्न उनका केटाहरु भने वरिपरि हुन्छन्। अचेल उनी गुन्डागर्दीमा नलागेको प्रहरी अधिकारीहरु बताउँछन्।

गत असारमा पक्राउ परेपछि रमेश बाहुनको समूह नै थला परेको छ। जेलमा रहेका बाहुनमाथि प्रहरीले पनि कडा निगरानी राख्दै आएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

कांग्रेसनिकट डन मीनकृष्ण महर्जन पछिल्लो समय राजनीतिक परिचय बनाउन लागिपरेका छन्। उनी राजनीतिसंगै ढुंगाखानी र ठेक्कापट्टाको व्यवसायमा संलग्न छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3787