अमेरिकामा नेपालीको रहस्यमय मृत्यु

विजय थापा / एचकेनेपाल डट कम –
माघ ३,डिसी। नेपाल नुवाकोट घर भै अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने ३४ बर्षीय बिष्णु हरि भण्डारीको वुडब्रिजस्थित आफ्नै डेरामा जनवरी १५ तारिख बिहान ४ बजे रहस्यमय मृत्यु भएको छ।

मृतक भण्डारी नेपालबाट २ बर्ष अघिमात्र आएका हुन् भने उनी नेपाल बिद्यार्थी संघ तथा जन सम्पर्क समिति भर्जिनिया शाखासंग आबद्ध थिए।

मृतक भण्डारी श्रीमती नारायणी भण्डारी तथा जेठी छोरी ६ बर्ष तथा कान्छी छोरी केवल ५ महिनाको साथमा संगै अमेरिकामा मै बसोबास गर्दै आएका थिए। उनको मृत शरीरलाई प्रिन्स अस्पतालमा परिक्षणको लागि राखिएको छ। उनका परिवारका कुनै पनि सदस्य अमेरिकामा छैनन्।





Comments

comments

3799