नेपाल विश्व सहयोग संघ NAGC को बिशेष प्रेस वक्तव्य

नेपाल विश्व सहयोग संघ NAGC को बिशेष प्रेस वक्तव्य
नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरीका नेपाली महा संघको संयुक्त सम्मेलनको अपार सफलताको लगत्तैपछि फेसबूक तथा केही अन्य संचार माध्यमहरूमा नेपाल विश्व सहयोगको बैधतावारे बिभिन्न भ्रामक समाचारहरू तथा अमर्यादित टिका टिप्पणीहरू जानाकारीमा आएकोले नेपाल् विश्व सहयोग संघको गम्भीर ध्यान आकर्षण भएको छ।

नेपाल विश्व सहयोग संघ २००८ को जुलाईमा क्यालिफोर्नियाबाट दर्ता भई हाल फेडेरल गभरमेन्टबाट समेत मान्यताप्राप्त अमेरीकाको राष्ट्रिय सस्था हो जसका शाखाहरू नेपाललगायत संसारका बिभिन्न भागमा रहेका छन्।

केही असहमत व्यक्ति र समूहहरूले व्यक्तिगत कारणले पवित्र सस्थाको छविलाई नकरात्मक असर पार्ने गरि गरिएका नेपाल विश्व सहयोग संघले ट्याक्स नतिरेर दर्ता खारेज भयो भन्ने हल्ला बिल्कुल निराधार र भ्रामक र भएको स्पष्ट गर्न चाहान्छौं। यस सस्थाले अर्थिक् बर्ष २०१४ को समेत ट्याक्स रिटर्न गरीसकेको दस्ताबेज लगायत अन्य दस्ताबेजहरू हेर्न हाम्रो वेवसाइटको निम्न लिन्क्मा गई हेर्न आग्रह गरिन्छ। साथै जानाकारीको लागि IRS बाट प्रकाशित निलम्बनमा परेका सस्थाहरूको सूची पनि सो वेब साइटमा हेर्न सक्नु हुनेछ।
http://www.nepalassociation.net/documents.html

फेडरल बट गूड् स्टान्डिङमा रहेको यो सस्थाको स्टेटको एक बिभाग एफ टी बी लाई हाम्रो ठेगाना अप्डेट गर्न अनुरोध गरिए पनि सो अपडेट प्राविधिक कारणले हुननसकेकोले हाम्रो सस्थालाई नन ट्याक्स एक्जेम्प्टको रुपमा राखिन गएकोले केही भ्रम ऋजना भएको हो जसको निराकारणको लागि पाइला चालिसकिएको र निकट भविष्यमा नै सो समस्या समाधान हुने एफ टी बी अधिकारीहरूले आश्वासन दिएका छन्। तसर्थ यो गौण कुरालाई तीललाई पहाड बनाएर सस्थाले गरेका पवित्र सेवा र सत्प्रयासको अवमूल्यन नगरि दिन हुन हार्दिक् आग्रह गर्दछौँ। विश्वभर रहेका हजारौं नेपालीहरूको आशा केन्द्र रहेको नेपाली एकताको लागि सत्प्रयासरत यो सस्थालाई सकारात्मक दृष्टिले हेर्न उचित हुने अन्यथा देशभक्ति र समाजसेवा निरुत्साहित हुने नराम्रो परम्पराको थालनी हुने कुरा स्पष्ट छ।

अमेरीकामा रहेर आफ्नो व्यस्त समयको बाबुजूद समाज सेवामा आफ्नो समय श्रम र श्रोत लगाउनु अवश्य पनि कठीन कार्य हो र त्यसको सकारात्मक मुल्याङ्कन हुन समाजको लागि हीतकारी हुन्छ। काम गर्दै जाँदा कतिपय ठाउँमा केही त्रुटी पनि भए होलान, जानि नजानी कसैको मन् दुखेको पनि हुन सक्छ। मैले सस्थापक अध्यक्षको हैसियतले जति गर्न सक्थें, इमान्दारीपूर्वक गरेको हूं र निरन्तर गरि नै रहनेछु। यो सस्थालाई यो उचाईसम्म ल्याउन आफ्नो तन मन धनले सहयोग पुर्याउने संस्थापक मित्रहरु, पदाधिकारीहरू, सदस्यहरू तथा सम्पूर्ण शुभ चिन्तकहरूलाई हार्दिक् आभार प्रकट गर्दै सबैको निरन्तर सहयोगको अपेक्षा गर्दछु। तसर्थ केही मानविय कमि कमजोरीलाई मात्र ध्यान नदिइ यसका असल पक्षलाई लिएर सामुदायिक एकता, शान्ती र सम्ब्रिद्दी तर्फ उन्मुख हुन सम्पूर्ण आदरणिय नेपाली दाजु भाई दिदीबहिनीहरूहरूलाई हार्दिक आग्रह गरिन्छ।

मणी नेपाली पनेरु
सस्थापक अध्यक्ष तथा नेपाल विश्व सहयोग संघ परिवार

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3803