सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड थप…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

काठमाडौँ, कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चारवटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपियाँभन्दा बढी सहयोग गरेका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडालाई डिप्रोक्स लघुवित्त, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नबिल बैङ्कले गरी १३ करोड २६ लाख ६१ हजार ३५० रुपियाँ हस्तान्तरण गरेका हुन्।

अर्थ मन्त्रालयका अनुसार नबिल बैङ्कले छ करोड, कृषि विकास बैङ्कले चार करोड १० लाख १० हजार ७५ र राष्ट्रिय वाणिज्य बैङ्कले दुई करोड ६९ लाख ९३ हजार १४५ रुपियाँ सहयोग प्रदान गरेका छन् । त्यस्तै डिप्रोक्स लघुवित्तले ४६ लाख ५८ हजार १२९ रुपियाँ प्रदान गरेको छ।

फाइल फोटो

रकम प्राप्ति समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले प्राप्त रकम सदुपयोग हुने विश्वास दिलाए । उनले बैङ्कहरू प्रतिस्पर्धी हुँदा अर्थतन्त्रलाई नै सहयोग पुग्ने भन्दै केन्द्रीय बैङ्कको निर्देशनभित्र रहेर काम गर्न आग्रह गरे।

नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीतिमा बैङ्क तथा वित्तीय संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । बैङ्क तथा वित्तीय संस्थाहरूले सोहीअनुरूप रकम सहयोग गर्दै आएका छन्। यो समाचार गोरखापत्र दैनिकमा छ।





Comments

comments

38088