नदी गाउँमा पस्दा १५ भन्दा बढी सम्पर्कविहीन, चार जनाको शब फेला..

अछाम, भदौ ३ गते। रामारोशन-३ सान्तडाको सैनीबजारको बस्ती नै बगाउँदा १५ जना भन्दा बढी सम्पर्क विहीन भएका छन्।

मध्यराती कैलाश खोला नदीले सैनी बजारका घर बगाउँदा १५/१६ जना सम्पर्कमा नरहेको गाउँपालिका उपाध्यक्षलाई उदद्दृत गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याले जानकारी दिनुभयो।

फाइल फोटो

नदीले बगाएका चार शव प्राप्त भएको र ठूलो जनधनको क्षति भएको बताइको छ। घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन नसकेको प्रजिअ उपाध्यायले बताउनुभयो। सञ्चार र सडक अवरोधका कारण मानवीय भौतिक र अन्य क्षतिको विवरण संकलन र उद्दारमा समस्या भइरहेको बताइको छ। यो समाचार गोरखापत्रमा शिवराज ढुंगानाले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

38118