कोरोना त्रासः उपत्यकामा आजदेखि निषेधाज्ञा

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ।

निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम कुनै पनि नागरिक घरबाट बाहिर निस्कन पाइनेछैन भने अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुनेछन् । सोही अवधिसम्म उपत्यका बाहिरका विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा भित्रनसमेत निषेध गरिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको मंगलबारको संयुक्त बैठकले संक्रमितको संख्या बढ्दै गएपछि १० भदौसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो।

फाइल फोटो

तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञाको निर्णय गरेका हुन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञाभर बिनाकाम कोही पनि घरबाट निस्कन नपाइने र निस्किएको पाइए कानुनअनुसार कारबाही अघि बढाइने बताए। यो समाचार राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

38130