कोरोना भाइरस महामारीका कारण मानसिक समस्या बढ्दो

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

सुर्खेत – कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ। रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ।

छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो भने कतिपयले त सहनै नसकी आत्महत्याको बाटो अपनाएका छन्।

छटपटी बढ्यो
डोल्पा समाचारदाताका अनुसार बन्दाबन्दी सुरु भएदेखि डोल्पाका बासिन्दामा मानसिक समस्या बढेको देखिएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सिजन रावलले बन्दाबन्दीपछि दैनिक तीन जनासम्म मानसिक समस्या लिएर बिरामी आउने गरेको जानकारी दिए । निद्रा नलाग्ने, एकहोरिने, छटपटी लाग्ने, अत्यास लाग्ने, अल्छी हुने लगायतका लक्षण बिरामीले बताउने गरेको भन्दै उनले आफूहरूले बिरामीलाई सीधै मानसिक समस्या छ नभनी आवश्यक चेकजाँच गरी औषधि दिने गरेको बताए । डा. रावलले मानसिक समस्या परिवार टाढाटाढा रहेका, छोराछोरी घरभन्दा टाढा रहेका

फाइल फोटो

बढ्दै रोगी
सल्यान समाचारदाताका अनुसार मानसिक रोगीको सङ्ख्या बढेको पाइएको छ । चिन्ता र निराशाका कारण यस्ता रोगीको सङ्ख्या बढेको हो । जिल्ला अस्पतालमा प्रत्येक महिनामा ८० देखि एक सय जना बिरामी आउने गरेका छन् । अस्पतालका चिकित्सक डा. प्रदीप शर्माले बन्दाबन्दीले मदाक पदार्थ सेवन, झै–झगडा बढ्नुको साथै वैदेशिक रोजगारी गुमाउनु परेको पीडाले मानसिक समस्या बढ्दै गएको बताए ।

आत्महत्या बढायो
रुकुम समाचारदाताका अनुसार कारोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भएको बन्दाबन्दीमा समुदायमा मानसिक समस्या बढ्दै गएको छ । जिल्ला अस्पतालका चिकित्सक डा. राजकुमार भुजेलले बन्दाबन्दीमा काम नहुने र घर व्यवहार धान्न समस्या हुने, त्यसबाट परिवारमा कलह हुने, साथीभाइसँग भेटघाट र मनमा लागेका कुरा खुलस्त रूपमा भन्ने अवसर नपाउने तथा एक्लो महसुस हुने कारणले आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको बताए। यो समाचार गोरखापत्र दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

38507