प्रचण्ड सहमतिमा क्षणभर टिकेनन्

काठमाडौं, ६ माघ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सोमबार बिहान आफूसँग सहमति जनाएको कुरामा एकछिन पनि अडिन नसकेको आरोप लगाएका छन्।

प्रज्ञाभवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सोमबार बिहान दाहालसँग भएको वार्ताबारे भने, ‘बिहान ८ बजे (एक्लाएक्लै बस्दा) एउटा सहमति भो।

९ बजे अलि धेरै नेताको बैठक थियो, त्यहाँ पनि सहमति भयो। त्यसपछि आ-आफ्नो पार्टीमा छलफल गर्न भनेर सबै बसेका थिए, त्यो छलफलपछि त सहमति नै भएको छैन भन्दै आए। यसको कुनै दबाई हुन्छ?’

बहुमतीय प्रक्रियामा संविधान बनाउन केही समय लाग्ने भएकाले माघ ८ भित्र संविधान बनाउन सम्भव नहुने उनले बताए। ओलीले भने, ‘प्रक्रिया अघि बढाउन केही समय लाग्ने भो, माघ ८ भित्र संविधान बनाउन नसकिने भो।’ एमाओवादी नेता बाबुराम भट्टराईलाई संवाद समितिको सभापति बनाएपछि तीनचार महिना अलमल भएको उनले बताए। अन्नपूर्ण पोष्टमा दैनिकमा छापिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3860