मुलुक भिडन्ततर्फ: संविधानसभामा मध्यरातमा हुलदंगा र तोडफोड

काठमाडौं, ६ माघ। विपक्षी दलहरुको सहमतिबिना संविधान निर्माणका लागि मध्यरातमा प्रश्नावली समिति बनाउने सभामुख सुवास नेम्वाङको प्रस्तावलगत्तै संविधानसभामा तनाब भएको छ। सभामुखले प्रस्ताव अघि बढाएपछि विपक्षीहरुले संविधानसभामा नाराबाजीसहित तोडफोड गरेका छन्। हेर्नुहोस् भिडियो

विपक्षीहरुको विरोधपछि सभामुख नम्वाङले संविधानसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्। सभामुखले बैठक स्थगित गरेपछि पनि विपक्षी सभासद्हरुले केहीबेर संविधानसभाभित्र नाराजुलुस र केही सभासद्ले कुर्सी तोडफोड गरेका थिए। सहमतिबिना संविधान निर्माण प्रक्रिया बढे प्रतिकार गर्न विपक्षीहरुले यसअघि नै चेतावनी दिएका थिए।

संविधानसभा बैठक सोमबार राति साढे १२ बजे सुरु भएको थियो। बैठक सुरु भएसँगै संविधानसभामा संवैधानिक राजनीतिक तथा संवाद सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका थिए।

सभापति डा. भट्टराईले एक घन्टा लामो जवाफ दिएपछि सभामुख नेम्वाङले कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई प्रश्नावली समितिको नाम प्रस्ताव गर्न समय दिएका थिए। श्रेष्ठ रोष्ट्रम नपुग्दै विपक्षी सभासद्हरुले विरोध गर्दै नाराजुलुस र धक्कामुक्का सुरु गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

दिनभर शीर्ष नेताको बैठक कुरेर बसेका सभासद्हरु आक्रोसित देखिएका थिए। तर,मध्यरातमा सुरु भएको बैठकमा सभामुख नेम्वाङले भने सहमति नभएको र प्रश्नावली अपरिहार्य आवश्यकता भएको भन्दै प्रक्रिया अगाडि बढाउन प्रस्ताव गरेका थिए। संविधानसभाभित्र भएको तनावमा तीन मर्यादापालक घाइते भएका छन्। मर्यादापालक चरित्र तिवारी,बिष्णु केसी र सुनिता सुब्बा घाइते भएका छन्। उनीहरुलाई राति नै उपचारका लागि वीर अस्पताल लगिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3862