जापानका नयाँ प्रधानमन्त्री सुगालाई किमसँग भेट्ने इच्छा…

जापानका नयाँ प्रधानमन्त्री योसिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनसँग भेट्न चाहेको बताएका छन्।

बिनासर्त उनलाई भेट्न आफू तयार रहेको कुरा शुक्रबार उनले स्पष्ट पारेका हुन्।

उनले भनेका छन्, ‘जापानको नयाँ प्रधानमन्त्रीका रूपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै सर्त मसँगै छैन।’

संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उनले उत्तर कोरिया र जापानबीचको सम्बन्धलाई सामान्य बनाउन चाहेको पनि स्पष्ट पारे।

जापान-डिपीआरके प्योङयाङ घोषणाको स्मरण गर्दै त्यसअनुसारै सम्बन्धलाई अगाडि बढाउने चाहेको पनि उल्लेख गरे।

‘आपसी सम्बन्ध र परमाणुसम्बन्धी विषयमा सन् २००२ मा भएको दुईपक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने कुरामा मेरो जोड छ,’ उनले भने।

प्रधानमन्त्री योसिहिडे सुगा

प्रधानमन्त्री सुगाले टोकियो र प्योङयाङका बीचमा रचनात्मक र सन्तुलित सम्बन्धका पक्षमै आफू रहेको पनि जानकारी दिए।

उनले भने, ‘हामी हाम्रो दुईपक्षीय कारणले मात्रै नभई यस क्षेत्रमा शान्ति स्थापनाका लागि पनि योगदान पु¥याउनु पर्छ, त्यसैले हामी बीचमा सहकार्य र सुमधुर सम्बन्धको आवश्यकता छ।

उनले आफू आफ्ना प्रतिबद्धता र उद्देश्यबाट पछाडि हट्ने र राम्रो गर्ने अवसरलाई गुमाउने पक्षमा नरहेको पनि स्पष्ट पारे। एएनआई / रासस





Comments

comments

38622