कोरोनाभाइरसः ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा नेपालमा बढी

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका छन्।

मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो। त्यसमध्ये १६९ जना ५० वर्ष मुनिका छन् । त्यसमा पनि ४० देखि ४५ वर्षसम्मका धेरै छन् । मृत्यु हुनेमा ७० प्रतिहत ५० वर्षमाथिका छन्।

ननागरिक दैनिकमा प्रकाशित पवित्रा सुनुवारको समाचारमा नेपालमा ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘कारणबारे थप अध्ययन हुनुपर्छ,’ उनले भने । ‘कम उमेर छ भन्दैमा ढुक्क हुने अवस्था छैन, रोगसित लड्ने क्षमता कति छ भन्ने कुरामा भरपर्छ,’ उनले भने।

फाइल फोटो

नेपालमा युवा उमेरका मानिसको कोभिड–१९ ले हुने मृत्यु विकसित देशको तुलनामा बढी रहेको विज्ञहरुले जनाएका छ्न । विकसित देशको तुलनामा ७० वर्षमाथिका वृद्धहरुको संख्या कम हुनु र बढी मात्रा युवा समुहमा नै कोरोना संक्रमण हुनुले ५० वर्ष मुनिका व्यक्तिको मृत्यु बढी भएको उनीहरुको तर्क छ । कम उमेरका भए पनि उनीहरु कुनै न दीर्घ रोगबाट प्रभावित भएकाले यो उमेरमा कोरोना संक्रमितको मृत्यु भएको हुन सक्ने राष्ट्रिय इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीको विश्लेषण छ। पवित्रा सुनुवारको नागरिक दैनिकमा समाचार प्रकाशित छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

38762