छोरीहरुसंग म्युजिक भिडियोमा संजिब लामाको जूनतारा

धरान । धरानका पुरानो ब्याण्ड मिक्स मेलोडीका गायक संजिब लामा अहिले प्रवासमै रहे पनि नेपाली गीतसंगीत क्षेत्रलाई छोड्न सकेका छैनन्।

उनी विदेशमा रहंदा होस् या स्वदेशमा राहेको बेला, आफ्नो केही न केही सृजना स्रोतामाझ पस्केका नै हुन्छन्। यो पालि भने आफ्नो गृहनगर धरान आएको समयमा कोरोनाको कारणले धरानमै लकडाउनमा परे। उनले यही लकडाउनलाई सदुपयोग गर्दै यसपाली धरानका सङ्गीतकर्मीहरु रोहित मास्के, हेम सुब्बा , मनोज मोतेसंग बिभिन्न गीत रेकर्ड गर्नुको साथै संदेशमूलक भिडियो समेत निकाले। यो संगै उनले आफ्ना अधुरा थुप्रै गीतहरु रेकर्ड गरे भने दुई गीतहरु रेकर्ड गरि भिडियो समेत तयार गरेका छन्।
” जब घाम डुब्छ म हुन्छु खुशी
के तिम्रो साथमा छ
मेरो जूनतारा , जूनतारा ”

1
सिल्भर इन्टरटेनमेन्ट को युट्युब च्यानलमार्फत भर्खरै रिलिज गरिएको यस गीतमा उनले आफ्ना दुई छोरीहरु कृस्टी र कृस्मा लामालाई समेत अभिनय गराएका छन्। छोरीहरुकै सम्झनामा गीतकार हांगयुग अज्ञातसंग मिलेर लेखेको गीतमा मनोज मोतेसंग मिलेर उनले संगीत तयार गरेका छन्। लकडाउनको समयमा छोरीहरु पनि संगै धरानमै रहेकोले छोरीहरुकै लागि लेखिएको गीतमा किन उनीहरुलाई नै नखेलाउने भनेर अभिनय गराएको गायक लामा बताउँछन्।
2
प्रशान्त तामांगको छायांकन र सम्पादन रहेको गीतको भिडियो गायक लामा स्वयम्को निर्देशन रहेको छ। उनले आफ्नो पुरानो गीत लौ है माया नमार घुम्न जाउँ धरानको समेत रिरेकर्ड गरेर भिडियो तयार गरेका छन्। उक्त भिडियो चै दसैं तिहारपछि रिलिज गर्ने तयारीमा छन्।

3
म्युजिक भिडियो लिंक:

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

38967