पथरी युबा समाज युएईले बार्षिक उत्सब मनायो

त्रिलोचन कोइराला/ एचकेनेपाल डट कम –
दुबई । पथरी युबा समाज युएईले आफ्नो ५औं बार्षिक उत्सब गत शुक्रबार बनभोज कार्यक्रमका साथ मनाएकोछ।

दुबईको मम्जार पार्कमा भएको उक्त बनभोज कार्यक्रममा पथरी शनिस्चरे नगरपालिका घर भई हाल युएईमा कार्यरत यस समाजका सदस्यलगायत छिमेकी नगरपालिका तथा गा.बि.स. घर भई हाल युएईमा रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो।

प्रवासमा रहेपनि एकै ठांउ या छिमेकी ठांउका साथीभाईसंग एक आपसमा भेट्घाट हुने र रमाइलो गर्न पाइने भएकोले समाजले हरेक बर्ष यसरि नै बनभोजका साथ आफ्नो बार्षिक उत्सब मनाउने गरेको सचिब बलराम कुइकेल बताउंछ्न्।

बिभिन्न नेपाली परिकारका साथ बिबिक्यु गरी रमाइलो गर्दै आफ्नै गाउठाउँका साथीभाइसंग बसेर खानपिन गर्न पाउंदा आफूलाई नेपालमै रहेर पिक्निक खाएको याद आएको सहकोषाध्यक्ष पदम थापा बताए।

पहिलो चरणको परिचयात्मक कार्यक्रमसगै समाजका अध्यक्ष कृष्ण पौडेलले समाजले गरेका सामजिक गतिबिधिको जानकारी गराउदै यसबर्षदेखि पथरी शनिस्चरे नगरपालिकाका साथै छिमेकी गा.बि.स. या नगरपालिकाका साथीहरुलाई पनि समाजको सदस्यता प्रदान गरी समाजको आकार फराकिलो बनाउदै लागिने जानकारी गराएका थिए।

कार्यक्रमको दोश्रो चरणमा समाजका उपाध्यक्ष दिल राईले उपस्थित सबैलाई बिभिन्न मनोरन्जनात्मक खेलकुद कार्यक्रम खेलाई मनोरन्जन दिएका थिए। त्यसैगरी कार्यक्रमको तेश्रो चरणमा उपाध्यक्ष दिपक न्यौपाने र सांस्कृतिक बिभाग संयोजक रमण दाहालले उपस्थित सबैलाई सामेल गराउदै नेपाली लोकगीतहरु सामुहिक रुपमा गाउदै नाचगान समेत गराउदै मनोरन्जन दिलाएका थिए।

कार्यक्रमको अन्तमा उपस्थित सबैलाई धन्यबाद दिदै समाजका अध्यक्ष कृष्ण पौडेलले खेलकुद कार्यक्रमका बिजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए।





Comments

comments

3954