‘धरान शहर’का सर्जकहरु धरान सरोकार समाजद्वारा सम्मानित

धरान / “धरान शहर ” बोलको रेकर्ड गरि म्युजिक भिडियोसमेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार -प्रसारमा थप मद्दत पुर्याएकोमा धन्यबाद दिदै धरान सरोकार समाज ,काठमाडौँले धरानको युबेरी रेस्टुरेन्टमा बुधबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको छ।

.

“धरान शहर ” बोलको गीतका गीतकार हर्क चुम्मे, संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई धरान सरोकार समाज ,काठमाडौँका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ र अतिथिहरु आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश नं. १’ को सह संयोजक बासुदेब बराल , सुनसरी उधोग बाणिज्य संघका सदस्य तथा पर्यटन व्यवसायी एलिना मगर , धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ र समाजसेवी कृष्णप्रसाद श्रेष्ठले सम्मान पत्र र खादा लगाई सम्मानित गर्नु भएको थियो।

.

कार्यक्रममा बोल्दै अतिथि बासुदेब बरालले धरानको पर्यटन प्रवर्द्धनमा यस गीतले उल्लेखनीय भूमिका खेल्ने बताउनुहुदै भबिस्यमा अंग्रेजी सब- टाइटल पनि गीतको भिडियोमा राखे सुनमा सुगन्ध हुने बताउनुभयो। अध्यक्ष प्रभुप्रसाद श्रेष्ठले धरान र यस वरपरका प्रमुख स्थलहरु सबै समेटेकोले एउटा उत्कृष्ट सृजना बनेको र यो गीत र म्युजिक भिडियो धरानको पर्यटनको प्रचार -प्रसारको प्रमुख दस्तावेज बनेकोले यसका सम्पूर्ण सर्जक तथा सहयोगी हातहरुलाई धन्यबाद दिनुभयो। कार्यक्रम संचालन नेमिता आङ्गबुहांगले गरेकी थिईन्।

भिडियो लिंक : https://youtu.be/sEkJbLe0TLs

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

39847