भुल भुलैयालाई पाप लाग्दै

भोला सुवेदी/ एचकेनेपाल डट कम-
नेपाली चलचित्र नगरीमा एउटा युबा निर्देशकको पहिचान बनाएका युबा निर्देशक एनआर घिमिरेको तेश्रो चलचित्र “पाप” आगामी चैत १३ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ।

बोल्ड क्यारेक्टरको रुपमा चर्चा पाउने गरेकी नायिका शुष्मा कार्कीलाई पहिलो पटक फरक भूमिकामा देखाउन खोजेको बताएको निर्माण पक्षले यसपछि शुष्माले एउटा नयाँ पहिचान पाउने दाबी गर्छन्। साथै सुष्मा पनि यस चलचित्रप्रति निकै आशाबादी देखिएकी छिन्।

यसै चलचित्र मार्फत हाल भोजपुरी चलचित्रमा निकै ब्यस्त रहेका नायक आयुष रिजाल पनि पुनः नेपाली चलचित्रको पर्दामा कमब्याक हुने भएका छन्। यस चलचित्रमा आयुष रिजाललाई अन्य चलचित्रमा भन्दा पृथक देखाउन खोजेको बताए निर्देशन एन आर घिमिरेले। आयुष रिजाल, शुष्मा कार्की, समिक्षा अर्याल, धुर्ब कोईराला तथा पुष्कर जंग थापाको प्रमुख अभिनय रहेको यस चलचित्रलाई पवन गौतमले खिचेका छन। सम्पादन अर्जुन जिसी को रहेकोछ।

चलचित्रलाई बिन्धेश्वरी सिने आर्ट प्रालिको ब्यानरमा निर्माता बिकास शर्माले निर्माण गरेका हुन्। कुल २ वटा गीत समाबेस रहेको यस चलचित्र आगामी चैत १३ गतेबाट सिनेमा घरहरुमा प्रदर्शन हुँदै छ। साथै सोही मितिमा निर्देशक योगेश घिमिरेको निर्देशनमा तयार भएको चलचित्र “भुल भुलैया” पनि प्रदर्शनमा आउने भएको छ। स्मरण रहोस् प्रदर्शनमा आउने दुवै चलचित्रहरुमा द्वन्द रोशन श्रेष्ठ र निर्माण नियन्त्रक कृष्ण कोइरालाको रहेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3988