अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका गठन

चन्द्र केसी / एचकेनेपाल डट कम –
नेपाली कलाकार, साहित्यकार एवं नेपाली भाषा, कला, साहित्य तथा संस्कृति प्रेमीहरुको विश्वव्यापी नेटवर्कको रुपमा विकसित अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) International Nepalese Artist Society INAS अमेरिकामा पनि गठन भएको छ।

गायन, संगीत, अभिनय, नृत्य र साहित्य लगायतका सबै क्षेत्रका कलाकारहरुलाई समेटेर अमेरिकामा कलाकार समाज गठन गर्ने नाम सहितको प्रस्तावलाई २८ जनवरी २०१५ को दिन ग्लोबल कमिटीले अनुमोदन गरेपछि यो संस्थाको शाखा अमेरिकामा समेत गठन भएको हो।

नव गठित कार्य समितिमा गायन, संगीत, अभिनय, नृत्य र साहित्य लगायतका सबै क्षेत्रका कलाकारहरुलाई समिटिएको छ। कार्य समिति संरक्षकमा इनास ग्लोबल कमिटीकी संरक्षक प्रसिद्ध गायिका मिरा राणा नियुक्त हुनुभएको छ। त्यस्तै कार्यकारिणी समितिको अध्यक्षमा कलाकार आनन्दु थिङ्ग लामा चयन हुनुभएको छ। कलाकार लामा नेपाल कराते महासंघका पूर्व महासचिव र कराते महासंघका पहिलो अफिसियल अन्तराष्ट्रिय रेफ्री समेत हुनुहुन्छ। समितिको उपाध्यक्षमा वरिष्ठ गायक तथा संगीतकार मधु क्षेत्री रहनुभएको छ। त्यस्तै महासचिवमा नेपाल थापा, सचिवमा कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा मन थापा र सह कोषाध्यक्षमा रिता श्रेष्ठ नियुक्त हुनुभएको छ। कार्यसमितिका अन्य सदस्यहरुमा वरिष्ठ गायक तथा संगीतकार मदन दिपबिम्व (क्यालिफोर्निया), साहित्यकार साबू गदाल (कोलोराडो), वरिष्ठ कलाकार प्रेम राना औतारी (टेक्सास), फिरोज स्यान्देन (न्युयोर्क), सुगन्ध श्रेष्ठ (भर्जिनिया), अनुज थापा (न्युयोर्क), नेत्र घिसिङ्ग (भर्जिनिया), राजेन्द्र कर्ण (न्युयोर्क), राजन अधिकारी (भर्जिनिया), दीपा अधिकारी (भर्जिनिया), खेम संग्रौला (भर्जिनिया), प्रज्वल बज्राचार्य (न्युयोर्क), संजोग योन्जन लामा (न्युयोर्क), सन्दिप मान लामा (मनासस) र श्याम दाहाल (भर्जिनिया) रहनुभएको छ। त्यसैगरी प्रसिद्ध तथा वरिष्ठ नृत्य निर्देशक श्री बसन्त श्रेष्ठ र चार दशकदेखि अनवरतरुपमा नेपाली संगीत अध्ययन गरि सो क्षेत्रमा सेवारत समाजसेवी श्री उदय जंग राणा सल्लाहाकारमा नियुक्त हुनुभएको छ।

नेपाली कलाकार, साहित्यकार र कला साहित्य र संगीतप्रेमीहरुको विश्वव्यापी संजालमा सहभागी हुन पाएकोमा आफूलाई ज्यादै खुसी लागेको कुरा इनास अमेरिकाका नवनियुक्त अध्यक्ष आनन्दु थिङ्ग लामाले बताउनुभएको छ। अहिले केहि राज्यहरुबाट समितिमा प्रतिनिधि रहेको भए पनि छिट्टैनै सबै जसो राज्यहरुमा समेत कलाकार र साहित्यकारहरुलाई समेटेर कलाकार समाजको शाखाहरु गठन गर्ने र प्रत्येक स्टेटका शाखाहरुबाट प्रतिनिधिहरुलाई राखी अन्तराष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (ईनास) लाई अमेरिकाको केन्द्रिय शाखाको रुपमा विकसित गर्ने उहाँले जानकारी गराउनुभएको छ। हामी संगको कुराकानीमा इनास अमेरिकाकी संरक्षक मिरा राणाले संसारभरी फैलिएको इनासको शाखा अमेरिकामा पनि बिस्तार गर्न पाउदा र अमेरिकामा बस्नुभएका कलाकारहरुलाई समेट्न पाउदा खुसि लागेको बताउदै इनास नेपाली गीत संगीत,साहित्य र नेपाली चलचित्रलाई प्रवर्द्धन गर्न स्थापित कलाकार, साहित्यकार र नेपाली कला साहित्य र संस्कृतिप्रेमी सबैको साझा संगठन भएकोले यस संस्थामा आवद्ध हुन सबैलाई आव्हान समेत गर्नुभएको छ।

नेपाली कला संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने, नेपाली चलचित्रको अन्तराष्ट्रिय बजार बिकास तथा प्रवर्द्धन गर्ने तथा नेपाली कलाकार, साहित्यकारहरुको हितको लागि कार्य गर्ने उद्देश्य लिएर स्थापना भएको यो संस्थाले हरेक वर्ष युरोप एसिया लगायतका महादेशहरुमा महादेशस्तरीय नृत्य गायन प्रतियोगिताहरु, कलाकारहरुलाई सम्मान र नेपाली चलचित्रलाई सम्मान र बजार बिस्तार गर्न इनास फिल्म अवार्ड जस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको यस संस्थाले आउदो अक्टोबरमा नेपालमा विश्व सम्मेलन र तेश्रो इनास फिल्म अवार्ड कार्यक्रम आयोजना गर्ने घोषणा गरिसकेको छ।





Comments

comments

3994