हङकङ कोरोना अपडेट : एकै पटक ३ ठाउंमा एम्बुस लकडाउन, २५ सङ्क्रमित थपिए, १ को मृत्यु …

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ फेब्रुवरी। हङकङमा २४ घण्टाभित्र थप २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,५१२ पुगेको छ। सङ्क्रमितहरुमा २४ स्थानीय र १ आयातित रहेका छन्।

आयातितमध्ये बेल्जियमबाट आएका एक जना रहेका छन्।

संक्रमितहरुमध्ये २० पुराना केससंग संबन्धित छन् भने ४ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा ३ महिनाका बच्चादेखि ८१ वर्ष उमेर बीचका १५ पुरूष र १२ महिला रहेका छन् ।

एयरपोर्ट थ्री रनवे सिस्टम निर्माण साइटसँग जोडिएका थप ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। ती मध्ये एक कामदार र अरु ४ जना परिवारका सदस्य रहेका छन्।

हङकङमा बीएनओ पासपोर्ट प्रतिबन्ध, भिडियो समाचार हेर्नुहोस् 🙏

….. ….. ….

यूनिक्लो सप लंघम प्लेस मङ कोकमा ५ जनामा कोरोना पोजेटिभ र एक जनामा कोरोनाको प्रारम्भिक लक्षण देखिएको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार ९,५४९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ७२३ जनाको उपचार भइरहेको छ। ३० जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट ७८ वर्षीय पुरुषको मृत्यु भएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८४ पुगेको छ।

समाचार अपडेट भिडियो

….. ….. ….

एकै पटक ३ ठाउंमा लकडाउन

सरकारले कोरोना नियन्त्रणको लागि एकै पटक ३ ठाउंमा एम्बुस लकडाउन जारी गरेको छ।

टिन शुई वाई, जोर्डन र शाम शु पोमा निषेधित क्षेत्र घोषणा गरी एम्बुस लकडाउन जारी गरेको हो।

in Shui Wai
Heng Lok House, Tin Heng Estate,
Jordan
23-27, Cheong Lok Street, 22-28, Cheong Lok Street, 13, Chi Wo Street र 322-326A Nathan Road.
Yuen Long
Ho Choi Building, No. 42-58A On Hing Street,
Sham Shui Po
239-263, Ki Lung Street, 256-280, Tai Nam Stret and 60-74, Pei Ho Street.

माथि उल्लेखित ठाउंहरुमा बुधवार विहानसम्मको लागि लकडाउन जारी गरेको हो। त्यहाँ बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गराइने जनाइएको छ।

File Photo: TRTWORLD




Comments

comments

40424