हङकङमा बैंक खाता खोल्न बीएनओ BN(O) पासपोर्ट नचल्ने…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ फेब्रुवरी। हङकङको स्थानीय बैंकहरुमा नयाँ खाता खोल्दा British National (Overseas) बीएन(ओ) राहदानी नचल्ने भएको छ।

चीन र हङकङ सरकारले बीएन(ओ) राहदानीमाथि प्रतिबन्ध लगाएको घोषणापछि यहाँका बैंकहरुले नयाँ खाता खोल्दा बीएन(ओ)लाई पहिचान प्रमाणको रुपमा स्वीकार नगर्ने भएको छ।

हङकङका बैंकहरुको सङ्घ हङकङ एसोसिएशन अफ बैंक्सले नयाँ गाइडलाइन्स जारी गर्दै स्थानीय बैंकहरूले बीएनओ पासपोर्टलाई वैध यात्रा कागजात र खाता खोल्नका लागि परिचय कागजातको रूपमा स्वीकार नगर्ने जनाएको छ।

बीएनओ BN(O) पासपोर्ट प्रतिबन्धपछि हङकङका नेपालीलाई तनाव!
भिडियो समाचार हेर्नुहोस्
🙏

….. ….. ….

सङ्घका प्रवक्ताले हङकङ सरकारले ३१ जनवरीपछि बीएन(ओ)लाई मान्यता नदिने निर्णय गरेपछि हङकङ मौद्रिक प्राधिकरण र बैंकहरुसंग छलफल गरेर संघले नयाँ गाइडलाइन्स जारी गरेको जनाएका छन्।

यो पनि पढ्नुहोस्
हङकङमा बीएनओ पासपोर्ट प्रतिबन्ध, बेलायतद्वारा ५४ लाख हङकङेलीलाई आफ्नो नागरिक बन्न प्रस्ताव…

Photo: AFP




Comments

comments

40470