हङकङ कोरोना अपडेट : युन लङ र मा अन शान २ ठाउंमा एम्बुस लकडाउन, ३७ सङ्क्रमित थपिए…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ फेब्रुवरी। सरकारले कोरोना नियन्त्रणको लागि आज पनि युन लङ र मा अन शान दुई ठाउंमा एम्बुस लकडाउन जारी गरेको छ।

युन लङको मा वाङ्ग रोडस्थित फू लोय गार्डेनमा र मा अन शानमा निषेधित क्षेत्र घोषणा गरी एम्बुस लकडाउन जारी गरेको छ।

लकडाउनमा परेका भवनः

Yuen Long
Fu Loy Garden 7 Ma Wang Road
Ma On Shan
Heng Kong House, Heng On Estate, 1 Hang Kam Street

लकडाउन आदेश बेलुका ७ बजेदेखि शुरु भएको छ। शनिवार बिहान ७ बजे अपरेशन पूरा हुने गरी त्यहाँ बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गराइने भएको छ।

Fu Loy Garden

३७ सङ्क्रमित थपिए

हङकङमा २४ घण्टाभित्र थप ३७ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,५९० पुगेको छ।

संक्रमितहरुमध्ये ३४ स्थानीय र ३ जना आयातित रहेका छन्। आयातित संक्रमितमध्ये रसिया, पाकिस्तान र घानाबाट हङकङ फर्केका रहेका छन्।

संक्रमितहरुमध्ये २५ पुराना केससंग संबन्धित छन् भने ९ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा १० महिनादेखि ८७ वर्ष उमेर बीचका १७ पुरूष र २० महिला रहेका छन्।

आज २० जनामा कोरोनाको प्रारम्भिक लक्षण देखिएको छ।

बीएनओ BN(O) पासपोर्ट प्रतिबन्धपछि हङकङका नेपालीलाई तनाव!
भिडियो समाचार हेर्नुहोस्
🙏

….. ….. ….

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ९,९५० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ५८५ जनाको उपचार भइरहेको छ। २४ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या १८६ पुगेको छ।

File Photo: TRTWORLD
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40490